coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय

यतिखेर गर्मी मौसममा लाग्ने रोग मात्र नभई मनसुनको समय पनि भएकाले अन्य रोगको संक्रमण तथा पेटसम्बन्धी रोग लाग्ने बढी सम्भावना हुन्छ । यो मौसममा पाचन प्रणालीको समस्याका साथै आलस्य बनाउने, कमजोरी महसुुस हुनेलगायत समस्या देखिन्छन् । यस्तो अवस्थामा आफूलाई कसरी स्वस्थ राख्ने रु आउनुहोस् यी उपाय अपनाऔं ।

स्वस्थ खाना खाने
यो मौसममा भुटेका तथा तारेका खानेकुरा नखाने । यस्तो मौसममा यस्ता पचाउन गाह्रो हुने किसिमका खानेकुरा शरीरले पचाउन नसक्ने भएकाले सजिलै पचाउन सकिने खाना खानुपर्छ ।

प्रतिरक्षा शक्ति बढाउने
शरीरको रोगसित लड्ने प्रतिरक्षा क्षमता पनि कमजोर हुन्छ । यस्तो बेलामा लसुन, प्याज, बेसार र मेथीजस्ता खानेकुरा भोजनमा समावेश गनुपर्छ । यी खानेकुराले शरीरमा प्रतिरक्षा क्षमताको विकास गर्छन् ।

केही मकैका परिकार समावेश गर्ने
मकैमा उच्च फाइबर हुने भएकाले मकैका परिकारले शौच प्रक्रियालाई सहज बनाइदिन्छ । त्यसैगरी हरियो सागपात पनि भोजनमा नियमित समावेश गर्नुपर्छ । जसले शरीरमा आइरन र फाइबरको मात्रा पुग्छ र पाचन प्रणालीलाई सहज बनाउँछ ।

खानामा तितेकरेला समावेश गर्ने
तितेकरेलामा रगत सफा गर्ने तत्व हुन्छ । तितेकरेलाले संक्रमणबाट पनि रोक्छ । यसको जुस पिउनाले ग्यास्ट्रिक हटाउने तथा कब्जियत हुन दिँदैन । जुन यो मौसममा सबैलाई हुने साझा समस्या हो ।

खानामा आँप समावेश गर्ने
काँचो आँपले पाचन प्रणालीका झाडापखाला, अपच र कब्जियत रोगलाई रोक्छ । जुन मनसुन या गर्मी मौसममा हैरान पार्ने रोग हुन् ।

 

प्रकाशित: ७ असार २०७६ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App