थाहा पाउनै गाह्रो अण्डाशयको क्यान्सर

शनिबार, ०७ असार २०७६, ०८ : ३६ नागरिक

सुटुक्कै मार्ने क्यान्सरमा पर्छ अण्डाशयको क्यान्सर पनि। यो क्यान्सर भएको सुरुमै कसरी थाहा पाउने ? हुन नदिन के गर्ने ? लगायत विषयमा प्रस्तुत छ नागरिककर्मी पवित्रा सुनारले प्रसूतिगृहका स्त्रिरोग तथा क्यान्सरविशेषज्ञ डा. कीर्तिपाल सुवेदीसँग गरेको कुराकानीको अंश ः

क्यान्सर रोग विशेषज्ञको रूपमा काम गर्न थालेको कति भयो ?
–चिकित्सा सेवामा लागेको १२ वर्ष भयो। क्यान्सर रोग विशेषज्ञकै रूपमा चाहिँ ५ वर्ष भयो।

महिलाको पाठेघरभित्र हुने अण्डाशयको काम के हो ?
–यसले बच्चा जन्माउन आवश्यक अण्डा उत्पादन गर्छ। अण्डाशय दुईवटा हुन्छन्।

डिम्बाशयको क्यान्सर भनेको के हो ?
–अण्डाशयमा अनावश्यक कोष उत्पन्न भई फैलिने अवस्थालाई डिम्बाशयको क्यान्सर भनिन्छ। यो अन्य क्यान्सरको तुलनामा जटिल मानिन्छ।

यो क्यान्सरमा कस्ता लक्षण देखिन्छन् ?
–डिम्बाशयको क्यान्सरलाई साइलेन्ट किलर (सुटुक्कै मार्ने) रोगको रूपमा पनि लिइन्छ। यसले अरू क्यान्सरले जस्तो सिधै थाहा हुने लक्षण देखाउँदैन। पेट डम्म फुलेर आउने, पेट बढ्दै जाने, खान रुचि नहुने, पेटमा मासुको डल्ला हिँडेजस्तो लाग्ने, खाना खानेबित्तिकै पेट भरिए जस्तो हुने, तौल घट्ने, दिसापिसाबको बानीमा परिवर्तन हुने, घरीघरी पिसाब लाग्नेलगायत लक्षण देखिन्छ।

पेटमा डल्लोजस्तो भेटिने लक्षण हुनु भनेको कुन चरणको क्यान्सर हो ?
–डिम्बाशयमा डल्लो ठूलो देखिनु र सानो हुनुले तहमा फरक पार्दैन। यसको चरण भनेको एउटा अण्डामा छ कि दुईवटै अण्डामा छ भन्ने कुराले महŒव राख्छ। क्यान्सर पाठेघर या पाठेघरबाट योनिसम्म तथा शरीरका अन्य अंग फोक्सो, मुटु, मस्तिष्कलगायतमा स¥यो भन्ने कुराले यसको वर्गीकरण गरिन्छ।

प्रसूतिगृहमा आउने बिरामी कुन चरणको क्यान्सर लिएर आउँछन् ?
–मैले पहिला नै भनिसकेँ। यसको लक्षण निश्चित नहुने भएकाले धेरैजसो बिरामी तेस्रो र चौथौ चरणमा मात्र आइपुग्छन्।

क्यान्सर तेस्रो र चौथो चरणमा पुगेपछि उपचार सम्भव छ त ?
–शतप्रतिशत निको भने हुँदैन। पहिलो चरणमा अण्डाशयमा पलाएको ट्युमरको शल्यक्रिया गरिन्छ। शल्यक्रियापछि किमोथेरापी दिइन्छ। अण्डाशयमा रेडियोथेरापी दिनुपर्दैन।

–अण्डाशयमा अनावश्यक कोष उत्पन्न भई फैलिने अवस्थालाई डिम्बाशयको क्यान्सर भनिन्छ। यो अन्य क्यान्सरको तुलनामा जटिल मानिन्छ।
–पेट डम्म फुल्ने, पेट बढ्दै जाने, खानामा रुचि नहुने, पेटमा मासुको डल्ला हिँडेजस्तो लाग्ने, खाना खानेबित्तिकै पेट भरिने, तौल घट्ने, दिसापिसाबको बानीमा परिवर्तन हुने, घरिघरि पिसाब लाग्ने अण्डाशय क्यान्सरका लक्षण हुन्।
–वंशाणुगत कारणले हो भने १५ वर्षभित्रका किशोरीमा पनि अण्डाशयको क्यान्सर हुनसक्छ। तर प्रमुख जोखिम भनेको ४५ वर्षपछिकै महिलामा देखिने हो।

आजभोलि डिम्बाशयको क्यान्सर बढेको सुनिन्छ। यथार्थ के हो ?
–कति बढेको छ भन्ने विषयमा खास अध्ययन भएको छैन। तर अस्पतालमा आउने बिरामीको स्थिति हेर्दा बढेको देखिन्छ।

डिम्बाशयको क्यान्सर बढ्नुको कारण नि ?
–पहिलेको तुलनामा अहिलेका महिला आफ्नो प्रजनन स्वास्थ्यको उपचार नियमित गर्न थालेको देखिन्छ। नियमित उपचारमा आउने क्रममा पनि रोगको बढी पहिचान भएको हुनसक्छ। यो अस्पतालमा सातामै अण्डाशयका चारवटा शंकास्पद शल्यक्रिया गरेका हुन्छौं। तीमध्ये ५० प्रतिशतमा अण्डाशयको क्यान्सर भएको रिपोर्ट आउने गरेको छ।

कस्ता महिला अण्डाशयको जोखिममा हुन्छन् ?
–जसमा बाँझोपन आई प्रजनन क्षमताको वृद्धिका लागि औषधि प्रयोग गरेका हुन्छन््, जसको परिवारमा पहिल्यै अण्डाशयको क्यान्सर भएका, शररीमा स्ट्रोजन हर्मोन बढी भएका र स्तन क्यान्सर भइसकेका महिला बढी जोखिममा हुन्छन्।

परिवार नियोजनका साधन प्रयोग गर्ने महिलामा पनि यो क्यान्सरको जोखिम हुन्छ ?
–परिवार नियोजनका साधन प्रयोग गरेकाहरूमा अण्डाशयको क्यान्सर हुने सम्भावना हुँदैन। उल्टै पिल्सले डिम्बाशयको क्यान्सरबाट जोगाउँछ भनेर अध्ययनले देखाएको छ।

अण्डाशय क्यान्सरको सुरुका लक्षणहरू के के हुन् ?
–यो क्यान्सरको सुरुमा कुनै लक्षण नदेखिने भएकाले अण्डाशयको क्यान्सरलाई साइलेन्टर किलर भनिएको हो। यसको लक्षण भनेको अण्डाशयमा मासु पलाउनु नै हो। त्यो मासु पनि १०÷१२ सेन्टिमिटरको नभएसम्म छामेर पनि थाहा हुँदैन। यसको पहिलो लक्षण भनेको पेट तथा आन्द्रा र पिसाबको थैलीलाई थिच्छ। यसले ती अंगमा थिच्यो भने दिसापिसाबमा गडबडी हुने, पेट डम्म फुलेजस्तो हुने, ग्यास्ट्रिक हुनेजस्ता लक्षण देखाउँछ।

त्यसो भए सुरुमै कसरी पत्ता लगाउने त ?
–जसले नियमित पाठेघरको परीक्षण गराउँछन्, उनीहरूको भिडियो एक्सरे गर्ने क्रममा अण्डाशयमा मासु पलाएको गोला डल्लाहरू देखिन्छन्। भिडियो एक्सरेबाट शंकास्पद लागेपछि क्यान्सर छ कि छैन भनेर रगतको जाँच गरिन्छ। यसबाट पूर्णनिश्चित गर्न सकिँदेन। त्यसले नभएपछि अण्डाशयको शल्यक्रिया गरी त्यो मासुको डल्लाको जाँच गरिन्छ र पूर्ण रूपमा क्यान्सर भए÷नभएको निश्चित गरिन्छ।

अलिकति मासु पलाउनेबित्तिकै अण्डाशय काटिहान्ने हो ?  
–अध्ययनहरूले के देखाएको छ भने पाँचदेखि सात सेमीसम्मको डल्लो छ भने त्यसको क्यान्सर हुनसक्ने सम्भावना एकदम कम हुन्छ। जब त्यो छिटोछिटो बढ्न थाल्छ। हेर्दा साधारण छैन, गोलाभित्र कतिवटा कोठा छन् ? सामान्य पानी मात्रै छ कि ? बाग्लो लेदो छ भन्ने कुरा हेरेर रगतको जाँच हुन्छ र शंका लागे मात्र अण्डाशयको शल्यक्रिया गरिन्छ।

अर्कोचाहिँ पाँचदेखि सात सेन्टिमिटरको छ, तर महिनावारी बन्द भइसकेका महिला छन् भने क्यान्सरको सम्भावना बढ्छ। यो क्यान्सरको प्रमुख उमेर भनेको ४५ वर्ष काटेपछिको हो। वंशाणुगत कारणले हो भने १५ वर्षभित्रका किशोरीमा पनि अण्डाशयको क्यान्सर हुनसक्छ। प्रमुख जोखिम भनेको ४५ वर्षपछि नै हो।

सुरुको अवस्थामा अण्डाशयको क्यान्सर पत्ता लगाउन सकिँदैन, क्यान्सर जटिल बनिसकेपछि उपचार हुन्छ कि हुँदैन ?
–यसको उपचार अलिकति जटिल छ। किमोथेरापी छ भने कति वर्ष बाँच्ने भन्ने कुराचाहिँ क्यान्सरको अवस्थाले थाहा हुन्छ। पाठेघरको मुखको पानीको जाँच र स्तनको जाँच गरेर पहिल्यै थाहा पाउन सकिँदैन। यो क्यान्सरको पहिल्यै थाहा पाउने आधार छैन।

त्यसो भए उमेर पुगेका सबै महिला यो क्यान्सरको जोखिममा छन् ?
–सबै महिला यो क्यान्सरको जोखिममा हुन्छन्। आफूलाई ग्यास्ट्रिक तथा दिसापिसाबको समस्या देखिए यो त ग्यास्ट्रिक हो भनेर पसलबाट औषधि लिएर खाने चलन छ। तर यो गलत हो। एक वर्षदेखि भयो, पेट फुल्ने, खाना नपच्ने भएको छ भनेर बस्नुभन्दा स्त्रीरोग विशेषज्ञसित गएर जाँच गर्ने, भिडियो एक्सरे गर्ने र शंका छ भने रगतको जाँच पनि गर्नु उचित हुन्छ।

रगतको जाँचबाट पनि सुरुकै चरणमा क्यान्सर थाहा हुन्छ त ?
–रगतको जाँचबाट निश्चित नभएपछि शंका गरेर उपचारको विधिमा लैजान सकिन्छ।

अरू क्यान्सर र यो क्यान्सरमा तुलना गर्दा यो कुन स्थानमा छ ?
–नेपालमा ठ्याक्कै थाहा छैन। विश्वको स्थिति हेर्ने हो भने अण्डाशयको क्यान्सर छैठौं स्थानमा पर्छ।

उपचारको अवस्था कस्तो छ ?  
–पहिलाको तुलनामा उपचारमा विकास भइसकेको छ। प्रसूतिगृहमै क्यान्सर विशेषज्ञले यो सेवा दिइरहेका छौं। क्यान्सर अस्पतालहरूमा पनि यसको उपचार हुन्छ। यसको उपचार शल्यक्रिया र किमोथेरापी नै हो। जटिल बनेको अवस्थामा गर्न नसकिने अर्कै कुरा भयो। हामी अन्तर्राष्ट्रिय तहमा विकसित भइसकेका छौं।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad