८ वैशाख २०८१ शनिबार
समाज

विजेता कमलकौशल स्टोर्सलाई स्कुटर उपहार

मिडियाद्वारा नागरिक दैनिक बिक्रेताका लागि सञ्चालित ग्राहक योजना लक्की ड्रमार्फत विजेता घोषणा गरिएको थियो। तस्बिर: केशव थोकर/नागरिक

काठमाडौं – नेपाल रिपब्लिक मिडियाद्वारा नागरिक दैनिकका बिक्रेताहरूका लागि सञ्चालित ग्राहक योजनामा काठमाडौंको कमलकौशल स्टोर्स विजेता घोषित भएको छ। लक्की ड्रमार्फत विजेता बनेको सो स्टोर्सका प्रोप्राइटर कमलराज भण्डारीले गस्टो स्कुटर प्राप्त गरेका छन्।

उनी रसिद नं. ६०७६२ बाट वार्षिक ग्राहक बनेका थिए। देशभरिबाट सो योजनामा नागरिक दैनिकको वार्षिक ग्राहक बनेका बिक्रेताहरूमध्येबाट लक्की ड्रमार्फत विजेता घोषणा गरिएको थियो। यही योजनाअन्तर्गत ग्राहक बनेका बिक्रेताहरूले ग्राहक संख्याअनुसार वासिङ मेसिन, फ्रिज, डिनर सेट, अटोमेटिक ग्यास चुलो, राइस कुकरलगायत सामग्री प्राप्त गरेका छन्।

यसैगरी मिडियाद्वारा सञ्चालित ‘स्क्र्याच एन्ड विन’ ग्राहक योजनाको तेस्रो तथा अन्तिम महिनाको विजेता नेपालगन्जस्थित कर्णाली विकास बैंक बनेको छ। सो बैंक रसिद नं. ६५२९६ बाट नागरिक दैनिकको वार्षिक ग्राहक बनेको थियो। सो योजनाअन्तर्गतको विजेता पनि लक्की ड्रमार्फत नै घोषणा गरिएको हो। सो योजनाअन्तर्गत ग्राहक बन्ने हरेकले स्क्र्याच कार्डमार्फत हात खाली नजानेगरी एलजी टिभि सेट, सोनी मोबाइल सेट, माउन्टेन फ्लाइट टिकट, चन्द्रागिरि हिल्सको टिकट तथा नगद छुटमध्ये एउटा प्राप्त गरेका थिए।

साथै हरेक महिना लक्की ड्रमार्फत एकजनाले महिन्द्रा गस्टो स्कुटर प्राप्त गरेका थिए। यही योजनाअन्तर्गत पहिलो महिना समग्र विकास केन्द्र चाबहिल र दोस्रो महिना एसियन हार्डवेयर भरतपुरले विजेता भई महिन्द्रा गस्टो स्कुटर प्राप्त गरिसकेका छन्।

बिक्री–वितरण विभागका अनुसार यस ग्राहक योजनामा देशभरबाट पुराना ग्राहकहरूले आफ्नो ग्राहक अवधि नवीकरण गरेका थिए भने हजारौं नयाँ ग्राहक सहभागी भएका थिए।

प्रकाशित: ७ असार २०७६ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App