coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्सेफ्लाइटिसका कारण विहारमा मृत्यु हुनेको संख्या १६१ पुग्यो

तस्बिरः एजेन्सी

नयाँ दिल्ली– भारतको विहार प्रदेशमा फैलिएको इन्सेफ्लाईटिस रोगका कारण मृत्यु हुनेहरुको संख्या १६१ पुगेको छ। राज्यद्धारा सञ्चालित रेडियो अल इन्डिया रेडियोले शुक्रबारसम्म मृत्यु हुनेको संख्या १६१ पुगेको जनाएको छ।

मुजफ्फर जिल्लामा फैलिएको इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको अधिकारीहरुले जनाएका छन्। उनीहरुले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, स्वयम्सेवकलगायतका विषेश सहयोगीहरू परिचालन गरिएको पनि जानकारी दिएका छन्। विहारका मुख्यमन्त्री नीतिशकुमारले पनि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूसँग पटक पटक छलफल गर्दै रोग फैलिन नदिन र विरामीहरूको उपचारलाई प्रभावकारी बनाउन आवश्यक निर्देशनहरु दिएका छन्।

रोग नियन्त्रणका लागि आवश्यक सवै कार्य गर्न र त्यसका लागि जुनसकै श्रोत साधन परिचालन गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई उनले निर्देशन दिदै आएका छन्। मुख्यमन्त्री नितिशकुमारले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप चार लाख रुपैँया दिने घोषणा यसअघि नै गरिसक्नुभएको छ।

टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले त्यसबाट बच्न र त्यस्ता लक्षण देखिँदासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सक र विभिन्न निकायहरूले आह्वान गरेका छन्।रासस

प्रकाशित: ६ असार २०७६ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App