coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ब्याडे राँगोको अभाव

धादिङ– गाउँमाब्याड राँगो नहुँदाधादिङकोविभिन्नगाउँकापशुपालक भैंसीथारै राख्नबाध्यभएका छन् । महादेवस्थानगाविस–८को जरुङ र वडा नं. ६को कुन्चुरुङमाब्याडे राँगाको समस्याउत्पन्नभएको हो ।

‘गाउँभरीमै एक–दुइटा राँगाथिए, दसैंमामासु खाएर सकियो, कोही बुढो भए।’महादेवस्थान–६ कुन्चुरुङकीमिनातामाङले भनिन्, ‘गोठमा भैंसीमातेको छ, राँगो छैन ।’मिनाको गोठमा अहिले तीनवटा भैंसी छन् ।

जरुङ र कुन्चुरुङका स्थानीयले भैंसी र बाख्रापालनगर्दै आएका छन् । तर आवश्यक चेतनाको अभावमागाउँमा राँगो मासिँदै गएको स्थानीय मणिक तामाङले बताए । ‘भैंसी पालेर खेतबारीमामलको जोहो गर्थे, घिउ बेचेर आम्दानीलिन्थे र घरखर्च चलाउँथे,’मणिकले भने ‘राँगो मासिएपछि अहिले समस्याआउनथाल्यो ।’राँगो नभएकै कारण घिउ बेचेरै घरखर्च धान्ने किसानअहिले चिन्तामा छन् ।

कुन्चुरुङकाअधिकांशकिसानको गोठमा ३ देखि ७ वटासम्म भैंसी छन् ।तर राँगाको विकल्पखोज्ननसकिएको स्थानीय रोनिसातामाङले बताइन् । भैंसीको कृत्रिमगर्भाधानगराउन सकिन्छ भन्ने सुनेकाकिसानलाई त्यो सेवा कसरी लिने, थाहा छैन । रोनिसा भन्छिन्, ‘कृत्रिमगर्भाधान हुन्छ भन्छन्, हामीलाई थाहा छैन ।’ कृत्रिमगर्भाधान गराउँदा पैसा धेरै लाग्ने पिरले किसानले कृत्रिमगर्भाधानको कुरा उठाउन नचाहेको जरुङकीपार्वतीतामाङले सुनाइन् ।यस वर्ष जरुङमामात्रै सयभन्दा धेरै भैंसी थारै बसेको उनको भनाइछ ।

चाडपर्वको बेलामासु धेरै खाने र अन्यभन्दा राँगाकै मासु धेरै प्रयोग हुने भएको कारण पनिगाउँमा राँगा सकिएको हो ।अर्काेतर्फ गरिबी र चेतनाको अभावले गाउँलेले व्यापारीहरुलाई राँगा बेच्ने क्रम बढेसँगै अभाव खड्किएको स्थानीय बताउँछन् ।
पशुपालनको विकासको लागिविभिन्न संघ–सस्थाले गाउँमा सहयोग नगरेको भने होइन । बाख्रापालनको लागिप्रयास नेपालले तालिम त दिएको छ नै गाउँमै पशु जेटिएको समेत व्यवस्थामिलाएको छ । तर एकै घरमाचार–पाँचवटा भैंसी थारो रहँदात्यसतर्फ ध्यानदिन सकेको छैन ।

जिल्लापशु सेवाकार्यालय र पशु सेवा केन्द्रले जिल्लाकापशुमा कृत्रिमगर्भाधानको लागिविभिन्नगतिविधि सञ्चालनगरिरहेको छ । तर जरुङ र कुन्चुरुङ पुग्न सकेको छैन । किसानले भैंसीको कृत्रिमगर्भाधानको व्यवस्थामिलाइदिनआग्रह गरेका छन् ।
 

प्रकाशित: १४ कार्तिक २०७३ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App