८ वैशाख २०८१ शनिबार
खेल

उदयपुर गोल्डकपको फाइनलमा गोर्खा ब्वाइज र एपीएफ भिड्ने

पत्रकार भेटघाटमा कुरा गर्दै टिम कोच । तस्विरः महेश्वर

उदयपुर– उदयपुरमा जारी ‘छैठौँ उदयपुर गोल्कप प्रतियोगिता ०७६’ को फाइनल खेल शनिबार हुँदैछ। शनिबार हुने फाइनलमा उपाधिका लागि गोर्खा ब्वाईज क्लब रुपन्देही र ए डिभिजन टोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

मोरङ फुटबल एकेडेमीलाई बुधबार भएको पहिलो सेमिफाइनलमा २–१ गोलान्तरले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो भने बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा घरेलु टिम उदयपुर ११ लाई ४–१ को अन्तरले हराउँदै रुपन्देही पनि उपाधिको दाबेदार बनेको हो। फाइनल पुगेका दुवै टिमले खेलको पूर्व तयारीबारे जानकारी दिन शुक्रबार विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाधि आफ्नो पक्षमा पार्ने दाबी गरेका छन्।

खेल मैदानस्थल थरुहट–उदयपुर रंगशाखा परिसरमै मूल आयोजक समितिले आयोजना गरेको  पत्रकार भेटघाट कार्यक्रममा दुवै टिम कोचले संर्घषपूर्ण अवस्थाबाट फाइनलसम्म पुग्न सफल भएको भन्दै उपाधिका लागि अन्तिम प्रयास गर्ने बताए। उनीहरु दुबैले उपाधि आफ्नो पोल्टामा पार्ने दाबी पनि गरे।  दुवै टिम कोचले एकर्कालाई जित्न चुनौती हुने स्वीकार्दै उपाधि आफ्नै पक्षमा पार्नेगरी खेलाडी उतार्ने तयारीमा रहेको बताए।

एपिएफका टिम कोच सुदिप श्रेष्ठले फाइनलसम्म पुगिसकेको टिम मजबुत नै हुने भन्दै रुपन्देही पनि मजबुद टिम भएको स्वीकारे। तर,उपाधिको एपिएफ पहिलो हकदार  हुनेभन्दै उनले शुक्रबारको ग्यापमा पनि उपाधि जित्ने रणनीतिक खेलको कौशलको पूर्वाभ्यास गर्ने बताए। रुपन्देहीका टिम कोच जगु खड्काले पनि एपिएफलाई नेपालको एक उत्कृष्ट टिमको उपमा दिदै गोल्डकपको ताज भने आफ्नो पक्षमा पार्ने बताए।

गोल्डकप मूल आयोजक समितिका कोषाध्यक्ष ज्ञानेन्द्र मगरले फाइनलमा पुगिसकेका दुवै टिमलाई संयमित र अनुशासित भएर खेल प्रदर्शन गर्दै प्रतियोगिता सफल पार्न दुवै टिमलाई अनुरोध गरे।

प्रकाशित: ६ असार २०७६ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App