coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पत्रकार महासंघले सरकारलाई बुझायो हस्ताक्षर

काठमाडौं–नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरिएको पत्रकारहरूको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ। 

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिपुल पोखरेल नेतृत्वको टोलीले शुक्रबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई सो विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरिएको पत्रकारहरूको हस्ताक्षर बुझाएको हो। 

प्रधानमन्त्रीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् सो विधेयक फिर्ताका लागि दबाबस्वरुप पत्रकारहरूले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाइएको महासंघका कार्यवाहक अध्यक्ष पोखरेलले जानकारी दिए। 

महासंघले सो विधेयक फिर्ताका लागि दबाब दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरूको हस्ताक्षर अभियान संकलन गरेको थियो। सोही हस्ताक्षर आज देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको हो। 

महासंघले सो विधेयक फिर्ता नलिएपछि आगामी असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ। प्रेसमाथि अंकुश लगाउने गरी आएको सो विधेयक फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहने पनि महासंघका कार्यवाहक अध्यक्ष पोखरेलले बताए। 

 

प्रकाशित: ६ असार २०७६ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App