७ वैशाख २०८१ शुक्रबार
समाज

महिलाको शव फेला

सर्लाही–सर्लाहीको धनकौल गाउँपालिका–१, धोबिनियाँमा शुक्रबार मध्यान्ह एक महिलाको शव फेला परेको छ। मुखबाट फिँज काडिरहेको अवस्थामा धनकौल गाउँपालिका–४, महिनाथपुरकी ७० वर्षीया सिकिया देवी खेतमा मृत भेटिएकी हुन्। 

सर्लाहीकै भगवतीपुरस्थित माइती घरबाट फर्कँदै गरेकी उनको मृत्युको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। शव दिउँसो पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ६ असार २०७६ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App