हत्या भएको चार दिनपछि आफन्तले शव बुझे

शुक्रबार, ०६ असार २०७६, १६ : १० सुमन मल्ल

मुगु- छाँयानाथ रारा नगरपालिका–२ न्युरोडमा खाजा पसलको व्यवसाय गर्दै आएका कालिकोट खाडाँचक्र नगरपालिका–३ निवासी ताडि गाँउका  लक्ष्मि पाण्डेले आफनै पत्निलाई हत्या गरेको आरोपमा पीडितका आफन्तले चार दिनपछि शुक्रबार शव बुझेका छन्।

दुई वर्षदेखि छाँयानाथ रारा नगरपालिका–२ न्युरोडमा खाजा पसलको व्यवसाय गर्दै आएका कालिकोट खाडा चक्र नगरपालिका–३ ताडी गाँउका ३५ वर्षीय लक्ष्मि पाण्डेले २७ वर्षीया पत्नि नानी कोईराला पाण्डेलाई असार ३ गते राति कुटपिट गरी हत्या गरेको र प्रहरीले किटानी जाहेरी दर्ता गर्न ढिलाई गरेको भन्दै मृतकका माइती पक्षले लास बुझन मानेका थिएनन्।

ज्वाइँले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने गरेको मृतक छोरीले बेलाबेला आफुलाई फोनमार्फत जानकारी गराउने गरेको र जेठ ३ गते राती ९ बजे छोरीलाई कुटपिट गरी हत्या गरेपछि नाटकिय रुपले आफै विष सेवन गरेर आत्महत्या गरेको बहाना बनाएको, सोही दिन कुटपिट गर्दा छोरीको शरिर भरी निलडाम देखिएको मृतककि आमा जयकला शाहीले  जानकारी दिईन। दाँत भाच्चिएको र नाक, आँखाबाट रगत बगेको र अनुहार पुरै चोट पटक लागेको छ।

ज्वाइँको कुटपिटपछि हत्या गरेको भन्ने प्रहरीमा किटानी जाहेरी दिँदा प्रहरीले ढिला गरेकोले ४ दिनसम्म लासको पोष्टमार्टमसमेत नभएपछि शुक्रबार ठुलो दवाव दिएको शाहिले बताइन्। शाहीका अनुसार जाहेरी दर्तापछि शवको पोष्टमार्टम गरेर आफुले शव बुझ्ने शाहीले बताईन।

‘न्युरोडमा खाजा पसल सञ्चालन गरेयता दिनहु कुटपिट गर्ने गरेको र कयौं दिन आफुहरुले लुकाएर राखेको थियौं। अहिले विष सेवन गरेर आत्महत्या  भनेर नाटक रचिएको छ।’ हत्यानै हो न्युरोड आसपासका समुदायले बताएका छन्।

प्रहरीले चार दिनसम्म किटानी जाहेरी दर्ता गर्न ढिलाई गरेको र आरोपित पाण्डे खुल्ले आम बजारमा घुमफिर गर्दै उल्टै मृतकका आफन्तलाई आफैले हत्या गरेको भन्दै धम्कि दिँदासमेत प्रहरी मुखदर्शक भएकोले आफहरुले दवाव दिनु परेको महिला अधिकारकर्मी सुर्यदेवी मल्लले बताइन्। यहि क्रममा उल्टै महिला अधिकारकर्मीमाथि प्रहरीले दुव्र्यवहार गरेको उनले आरोप लगाइन्।

घटना भएको चार दिनपछि जेठ ६ गते प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ। आरोपितलाई अनुसन्धानको लागी अदालतको पक्राउ पुर्जिका लागी प्रक्रिया अगाढी बढाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

हत्या गरिएको भनिएकी नानी कोईला आरोपित पाण्डेले सात वर्ष अगाढी दोस्रो बिवाह गरेका हुन। नानी कोईलाबाट एक सात वर्षको छोरा छन्। पाण्डेको पहिलो पत्नि र दुई छोरी दुई छोरा कालिकोटमै रहेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad