७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उड्नै लाग्दा १६१ यात्रु बोकेको विमान दनदनी बल्यो

सिकागो —सिकागोस्थित ओ हारे विमानस्थलबाट उड्नै लागेको अमेरिकी एयरलाइन्सको एउटा विमानमा अचानक आगलागी भएको छ। अमेरिकी एयरलाइन्सको फ्लाइट नम्बर ३८३ उड्नका लागि धावानमार्गमा गुडिरहेको अवस्थामा आगलागी भएको हो।

बोइङ ७६७ सो बिमान १६१ यात्रु बोकेर फ्लोरिडाको मियामी जाने तयारीमा थियो। विमानभित्र धुँवाको गन्ध आउनासाथ यात्रुलाई आपतकालीन ढोकाबाट हतारहतार ओरालिएको थियो। ओर्लिने क्रममा ८ यात्रु घाइते भएका छन्।

बोइङ ७६७ सो बिमान १६१ यात्रु बोकेर फ्लोरिडाको मियामी जाने तयारीमा थियो। विमानभित्र धुँवाको गन्ध आउनासाथ यात्रुलाई आपतकालीन ढोकाबाट हतारहतार ओरालिएको थियो। ओर्लिने क्रममा ८ यात्रु घाइते भएका छन्।

यात्रु अागलगाीबाट घाइते नभएको जनाइएको छ। अमेरिकी संघीय हवाइ प्रशासनका अनुसार उनीहरु आपतकालीन द्वारबाट ओर्लिने क्रममा घाइते भएका हुन्। विमानमा रहेका ९ चालक दल सदस्य सबै सकुशल छन्।

आगलगीबाट बोइङ ७६७ सो विमानको इन्जिन काम नलाग्ने गरी क्षतिग्रस्त भएको एशोसिएट प्रेसले जनाएको छ।

भिडियो

प्रकाशित: १४ कार्तिक २०७३ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App