सरकारले जनमतको अपमान गर्‍योः थापा

शुक्रबार, ०६ असार २०७६, १५ : ३८ नागरिक

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको बताएका छन्।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका हुन्। सरकारले मिडिया, मानव अधिकार आयोग, न्यायालय सबैमाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उनले सरकारसामु निरिहता प्रकट गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि चर्को आलोचना गरे। अध्यक्ष थापाले सरकार र प्रमुख प्रतिपक्ष कांग्रेसको सहमतिमै मुलुकमा लुटतन्त्र मच्चाउने काम भइरहेको दाबी पनि गरे। उनले सरकारलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याएर समस्या समाधान गर्न पनि आग्रह गरेका छन्।

चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले मुलुकलाई दुष्चक्रमा फसाउन खोजेको अध्यक्ष थापाको निष्कर्ष छ। उनले कांग्रेस र कम्युनिष्ट दुवै शक्ति मुलुकलाई अघि बढाउन असफल भएको दाबी गर्दै आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउने पनि बताए। 

 

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad