७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुर अस्पतालको बन्द सेवा पुनः सञ्चालन

फाइल तस्बिर

भक्तपुर–कर्मचारी आन्दोलनका कारण बन्द भक्तपुर अस्पतालको सम्पूर्ण सेवा आजदेखि सञ्चालन गरिएको  छ। वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रुपमा रहेको उक्त अस्पतालका कर्मचारीको आन्दोलनका कारण आकस्मिक बाहेक सबै सेवा बन्द भएको थियो। 

विगत तीनदिनदेखि अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालोपट्टि बाँधेर ३५ कर्मचारी अस्पतालको प्राङ्गणमा धर्ना बसेका थिए।अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपानेको नेतृत्वमा रहेको वार्ता टोलीले आन्दोलनरत कर्मचारीसँग छलफल गरी उनीहरूको माग पूरा गराउने सहमति गराएपछि बन्द सेवा सञ्चालनमा आएको आन्दोलनरत कर्मचारीे सङ्गठनका अध्यक्ष मदन द्यौलाले बताए। उनले विगत १० दिनदेखि जारी आन्दोलन भने फिर्ता नलिएको तर, सेवा ठप्प पारेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भएकाले सेवा चालू गराइएको बताए। आन्दोलनरत कर्मचारीले आज पनि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन्।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेर निष्काशनको तयारी गरेको भन्दै २२ वर्षदेखि कार्यरत ३५ कर्मचारी आन्दोलनमा उत्रिएका थिए। रासस

प्रकाशित: ६ असार २०७६ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App