५ वैशाख २०८१ बुधबार
राजनीति

करारका कर्मचारी पनि लोकसेवाबाटै छनोट गर्न कांग्रेसको माग

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोकसेवा आयोगले नै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ। नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा नियुक्त गर्ने कर्मचारी पनि लोक सेवा आयोगबाटै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले राजनीतिक भागबण्डाको आधारमा करारमा कर्मचारी नियुक्त गर्ने परिपाटीको अन्त्य गर्न पनि त्यसको छनौट गर्ने जिम्मेवारी लोक सेवा आयोगलाई दिन उपयुक्त हुने पनि स्पष्ट पारे। अति आवश्यकीय सेवाका लागि मात्रै करारमा कर्मचारी नियुक्त गर्नुपर्ने पनि काँग्रेस नेता बडुको भनाइ छ।

सत्तारुढ नेकपाकी नेतृ पम्फा भुसालले सचिव र सहसचिव करारमा राख्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने आफ्नो अडान दोहो¥याए। उनले दिएको जिम्मेवारी बहन नगर्ने सचिवको कार्यकाल २ वर्ष घटाउने कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। आफूखुसी चल्ने सचिवहरुलाई सच्याउन पनि उनीहरुलाई दिइएको जिम्मेवारी पूरा नगरे २ वर्ष कार्यकाल कटौति गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने उनको तर्क छ।

प्रकाशित: ६ असार २०७६ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App