coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१८ हजार घुससहित समातिए अदालतका खरिदार

काठमाडौं–जिल्ला अदालत कलैया, बाराका डिठ्ठा (खरिदार) सुनिल चौधरी १८ हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरको टोलीले सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका–४ स्थित अदालत परिसरअगाडि रहेको चियापसलबाट पक्राउ गरेको हो। 

अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्नेमा सो नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस  रकम माग गरिरहेको भन्ने सूचना तथा उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

 

प्रकाशित: ६ असार २०७६ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App