२६ दिनपछि युवा नेताको शव भेटियो

शुक्रबार, ०६ असार २०७६, १२ : ३९ नागरिक

डोटी–गत जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा संघका  नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ। आदर्श गाउँपालिका–५ निवासी नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए। ४५ वर्षीय सिंह बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेकपाका नेता तथा कार्यकर्ता र स्थानीयवासी उनको खोजीमा लागे पनि फेला पर्न सकेका थिएनन्। 

शुक्रबार बिहान शिखर नगरपालिकामा–१, कालागाढ नजिक रहेको सालमुनि मन्दिर छेउमा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लालबहादुर धामीले जानकारी दिए। उनले भने, ‘सालमुनि मन्दिर नजिक शव बगिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि हामीलाई खबर गरेपछि हाम्रो टोली शव भएको ठाउँमा पुगिसकेको छ, मृतक सिंहका घरपरिवारसँग खबर गर्दैछौँ।’

अहिले प्रहरी, नेकपाका नेता तथा स्थानीयवासीहरु शव फेला परेको स्थानमा पुगिसकेका छन्। परिवारिक सल्लाहपश्चात सिंहको अन्त्यष्टि गरिने विषयमा सल्लाह भइरहेको नेकपाका जिल्ला अध्यक्ष भक्तबहादुर मल्लले जानकारी दिए। 

त्यस्तै नेता सिंह बेपत्ता हुनुभन्दा एक हप्ताअघि सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी शिखर नगरपालिका–४ बस्ने १६ वर्षीया धर्माकुमारी महराको भने अहिलेसम्म शव फेला परेको छैन। रासस








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad