८ वैशाख २०८१ शनिबार
समाज

ट्रयाक्टर चलाउन खोज्दा सहचालकको मृत्यु

खोटाङ, असार ६ (नागरिक)–ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–३, लामीडाँडास्थित ठूलोआहालमा पार्किङ गरेर राखिएको ना ५ त ६६०० नम्बरको ट्रयाक्टर चलाउन खोज्दा ट्रयाक्टर पल्टिएर मोरङ मिक्लाजुङ गाउँपालिका–५, जाँतेका अन्दाजी २२ वर्षीय सहचालक नवीन भुजेलको मृत्यु भएको हो। 

रोकेर राखिएको ठाउँबाट १०–१५ मिटर परसम्म गुडाएपछि ट्रयाक्टर अनियन्त्रित भई करिब ३०–३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए। 

 

प्रकाशित: ६ असार २०७६ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App