coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अर्जेन्टिनाकाे दाेस्राे चरण सम्भावना कठिन

बेलो होरिजेन्टे – स्ट्राइकर लियोलन मेसीले पेनाल्टीमा गोलबाट अर्जेन्टिनाले बुधबारको कोपा अमेरिकामा हारको संकट टारेको छ । प्रतियोगितमा अर्जेन्टिनाले दुई खेलमा पनि जितको स्वाद चाख्न पाएको छैन । बुधबार पनि टोली पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको छ । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले कोलम्बियालाई २–० को नतिजा सुम्पिएको थियो ।

समूह ‘सी’ को २ खेल समाप्तिमा शतप्रतिशत नतिजा निकालेको कोलम्बिया ६ अंकका साथ अन्तिम ८ मा प्रवेश गरेको छ भने समान खेलमा २ अंक जोडेको पाराग्वेले दोस्रो स्थानमा छ । समान खेलमा समान १ अंक जोडेको कतार र अर्जेन्टिना क्रमशः तेस्रो र चौथो स्थानमा छ । समूहको शीर्ष २ टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् । साथै उत्कृष्ट २ तेस्रो स्थानको टोलीले पनि अघिल्लो चरणमा स्थान बनाउनेछन् । त्यसैले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश सम्भावना भने सकिसकेको छैन । बुधबारै भएको समूहको अर्को खेलमा कोलम्बियाले कतारलाई १–० ले हराएको थियो ।

३७औं मिनेटमा रिचार्ड सान्चेजले गरेको गोलमा पाराग्वेले अग्रता लिएको थियो । ५७औं मिनेटमा मेसीले पेनाल्टीको सदुपयोग गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । त्यसको७ मिनेटपछि पाराग्वेले खेलमा पुनः अग्रता बनाउने सुनौलो अवसर पाएको थियो । तर डेर्लिस गोन्जाग्वेजको पेनाल्टी प्रहार गोलकिपर फ्रायन्को अर्मानीले रोक्दै अर्जेन्टिनाको संकट टारेका थिए । ‘हामीले आज जित्नपर्ने थियो,’अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले भने,’दोस्रो हाफमा खेल बराबरीमा ल्याए पनि पुनः पाराग्वेलाई पेनाल्टीको अवसर दिँदा हामी  हारको संघारमा पुग्यांै । फ्रयान्कोले आज टोलीको उद्दार गरे । जसका कारण हाम्रो अघिल्लो चरण प्रवेश सम्भावना कायम नै छ ।’ समूहको अन्तिम खेलमा अर्जेन्टिनाले कतार र पाराग्वेले कोलम्बियाको सामना गर्नेछ ।

समूह ‘सी’ को २ खेल समाप्तिमा सतप्रतिशत नतिजा निकालेको कोलम्बिया ६ अंकका साथ अन्तिम ८ मा प्रवेश गरेको छ भने समान खेलमा २ अंक जोडेको पाराग्वे दोस्रोमा तथा समान १ अंक जोडेको कतार र अर्जेन्टिना क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।



 

प्रकाशित: ६ असार २०७६ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App