७ वैशाख २०८१ शुक्रबार
खेल

अष्ट्रेलिया शीर्ष स्थानमा

नटिङ्घम – ओपनर डेविड वार्नरको शतकप्रेरित अस्ट्रेलियाले बिहिबार बंगलदेशमाथि ४८ रनको जितका साथ इङल्यान्ड–वेल्समा जारी एक दिवसीय विश्वकपको अघिल्लो चरण प्रवेश सम्भावना थप बलियो पारेको छ ।

३ सय ८२ रनको लक्ष्य पछ्याएको बंगलादेशले  निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय ३३ रनमात्र  जोड्न सक्यो । बंगलदेशका विकेटकिपर ब्याटस्म्यान मुस्फिकर रहिमले अविजित १ सय २ रन जोडेपनि टोलीको हार टार्न सकेनन् ।त्यस्तै महमदुल्लाहले ४६ र ओपनर तमिम इकबालले ६२ रन  जोडे ।

अस्ट्रेलियाको प्रतियोगितमा यो पाँचौ जित हो र टोली अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।बंगलादेश ५ अंकका साथ पाँचौ स्थानमा छ । यस अघि टस जितेर ब्याटिङको निर्णय गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८१ रनको योगफल तयार पारेको थियो । कप्तान तथा ओपनर एरोन फिन्च र वार्नरले पहिलो विकेटका लागि १ सय २१ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई गतिलो सुरुआत दिलाएका थिए ।

सौम्य सरकारको बलमा रुबेल हुसेनबाट क्याच हुनुअघि फिन्चले ५१ बलमा ५ चौका र २ छक्का मद्दतमा ५३ रनको योगदान दिए । तर, वार्नरले दोस्रो विकेटका लागि उस्मान ख्वाजासँग १ सय ९२ रनको महŒवपूर्ण साझेदारी गरे । जुन विश्वकपमा कुनै पनि विकेटका लागि गरिएको सर्वाधिक रनको साझेदारी हो । यस अघि बंगलादेशका सकिब अल हसन र लिटन दासले अविजित १ सय ८९ रनको साझेदारी गरेका थिए । विश्वकपमा व्यक्तिगत दोस्रो शतक पूरा गर्ने क्रममा वार्नरले १ सय ४७ बलमा १४ चौका र ५ छक्काबाट १ सय ६६ रनको योगदान गरेका थिए । जारी विश्वकपमा कुनै पनि खेलाडीले एकै इनिङमा जोडेको यो सर्वाधिक रन हो । यस अघि अस्ट्रेलियाका फिन्च र इङ्ल्यान्डका जसन रोयले समान १ सय ५३ रन जोडेका थिए ।

वार्नरले यसअघि पाकिस्तानविरुद्ध १ सय ७ रन जोडेका थिए । वार्नरलाई सौम्यले हुसेनबाटै क्याच गराएका थिए । जारी विश्वकपमा वार्नरसँगै इङ्ल्यान्डका जो रुट भारतका रोहित शर्मा र बंगलादेशका अलराउन्डर सकिब अल हसनले दुई शतक पूरा गरेका छन् । भारतका शिखर धवन, अस्ट्रेलियाका कप्तान एरोन फिन्च, इङ्ल्यान्डका मोर्गन, जस बटलर र जेसन रोय तथा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले समान एक शतक बनाएका छन् ।

त्यस्तै सौम्यकै बलमा विकेटकिपर मुस्फिकर रहिमबाट क्याच हुनुअघि ख्वाजाले ७२ बलमा १० चौका मद्दतमा ८९ रन बनाए । विस्फोटक ब्याटिङ गरेका अलराउन्डर ग्लेन म्याक्सवेलले १० बलमा २ चौका र ३ छक्का मद्दतमा ३२ रन जोडे । म्याक्सवेललाई रुबेल हुसेनले रनआउट गरेका थिए । मार्कुस स्टोनिसले अविजित १७  र एलेक्स क्यारेले अविजित ११ रन जोडे । स्टोनिस र क्यारेले अविजित २७ रन जोडेका थिए । स्टिभ स्मिथ भने एक रनमा पवेलियन फर्किए । बंगलादेशका सौम्यले ३ र मुस्फिकर रहमानले १ विकेट लिएका थिए ।

 

 

प्रकाशित: ६ असार २०७६ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App