coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नयाँ स्वरूपमा घुरुरिम्पोन्छे

सुशीलबाबु थकाली
मुस्ताङ - घरपझोङ गाउँपालिका–१ छैरोको करिब ७ सय वर्ष पुरानो गुम्बामा रहेको मूर्तिलाई पुनः मर्मत थालिएको छ। दुई सातादेखि मर्मत भइरहेको मूर्तिले नयाँ स्वरूप लिईसकेको छ।

छैरो छहराले परिचित गुम्बामा निकै नै पुराना मूर्तिहरू रहेका छन्। स्थानीयले यो गुम्बामा जिल्लाकै सबैभन्दा पुरानो मूर्ति रहेको बताउँदै आएका छन्। मन्दिरमा रहेका मूर्तिमध्ये घुरुरिम्पोन्छेलाई धेरैले विश्वास गर्छन्। छैरो छहरा गुम्बामा रहेको उक्त मूर्ति अत्यन्तै पुरानो भएको र मूर्तिका विभिन्न भाग भाचिएकोले मर्मत गरिएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ।

सयौं वर्ष पुरानो गुम्बामा रहेका देवताका मूर्ति जीर्ण भएकाले पनि मर्मत गर्नुपरेको हो। मूर्ति मर्मतका लागि आर्थिक सहयोग जुटाउन निकै नै मेहनत गर्नुप¥यो।

लामो समय मन्दिरको मर्मतसम्भार नहुँदा मूर्तिका विभिन्न भागहरू भाँच्चिन थालेका थिए। मूर्तिको लेपन पनि उप्किएको थियो। मूर्ति मर्मतका लागि घरपझोङ गाउँपालिकाले करिब १२ लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यही रकमबाट मूर्ति मर्मत गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष शेषबहादुर गौचनले बताए। ‘सयौं वर्ष पुरानो गुम्बामा रहेका देवताका मूर्ति जीर्ण भएकाले पनि मर्मत गर्नुपरेको हो’, उनले भने, ‘मूर्ति मर्मतका लागि आर्थिक सहयोग जुटाउन निकै नै मेहनत गर्नुप¥यो।’

उनले मूर्ति जीर्ण बन्दै गएपनि मर्मतका लागि दबाब दिएपछि गाउँपालिकाले घुरुरिम्पोन्छेको १२ लाख विनियोजन गरेको बताए। घुरुरिम्पोन्छेको मूर्ति निर्माण सँगसँगै रङ्रोगन पनि गरिने उनले बताए। ‘अब मूर्तिको नयाँ रूप हामीले देख्न पाउनेछौं’, उनले भने। अहिले छैरो छहरा गुम्बा र छैरो छहरा पर्यटकको रोजाइमा पर्ने गरेको छ। बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत मार्फाबाट पारी पट्टी पर्ने उक्त गुम्बामा जानको लागि पैदल यात्राबाट करिब १० मिनेट समय लाग्छ। पछिल्लो समय छैरो छहरा नयाँ गन्तव्यको रूपमा परिचित छ। साथै त्यहाँसम्म जानको लागि झोलुंगे पुलबाट वारपार गर्नुपर्छ।

पछिल्लो समय आन्तरिकभन्दा पनि बाह्य पर्यटकको लागि उचित गन्तव्यस्थलको रूपमा परिचित उक्त गुम्बालाई पुनः निर्माण गर्दा गुम्बाको मुहार नै फेरिने वडा सदस्य आशबहादुर थकालीले बताए। गुम्बा विगत लामो समयदेखि पुनःनिर्माणको पर्खाइमा थियो। साथै गुम्बा र गुम्बाभित्रका ऐतिहासिक मूर्तिलाई मर्मत गर्दा गुम्बामात्र नभई गाउँको समेत मुहार फेरिने थकालीले बताए।

‘अब क्रमिक रूपमा अन्य महत्वपूर्ण मूर्तिलाई पनि पुनः निर्माण गर्नेछौं। यसपटक गाउँपालिकाको सहयोगमा विनियोजन भएको १२ लाख रकमबाट भगवान घुरुरिम्पोन्छेको मुर्ति मर्मत भएको छ’, थकालीले भने। मूर्तिलाई आवश्यक बुट्टा र रङ्रोगन गर्ने उनले बताए। अत्यन्तै पुरानो र जीर्ण रहेका मूर्ति र उप्केका भित्तालाई लिपपोतसँगै भित्तामा थांका चित्रहरू समेतले चिटिक्क पार्ने काम भइरहेको थकालीले बताए। मूर्ति निर्माण गर्नका लागि दक्ष प्राविधिक आवश्यक भएपछि काठमाडौको बौद्ध मन्दिरदेखि आधा दर्जनभन्दा बढी दक्ष लामाहरू गुम्बामा आएका छन्।

प्रकाशित: ६ असार २०७६ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App