coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुरुङमा फसेका ६ चिनियाँ नागरिकसहित १७ को सकुशल उद्धार

फाइल तस्बिर/नागरिक

रसुवा – रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमाथिबाट पहिरो खस्दा सुरुङमा फसेका कामदारको सकुसल उद्धार गरिएको छ। शुक्रबार बिहान सुरुङमा फसेका ६ चिनीया नागरिकसहित १७ जनाको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ। 

निर्माणधीन सुरुङमा बिहीबार पहिरो गएपछि उनीहरु फसेको थिए। बाहिर निस्कँदा जोखिम हुने भएकाले कामदारलाई रातभरि सुरुङभित्रै बस्न भनिएको थियो। भित्र फसेका कामदारलाई उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटेको थियो। १११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण हुँदै छ।

प्रकाशित: ६ असार २०७६ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App