सोलुखुम्बु –
लवाइखवाइ हेर्दाखेरि लागेनकी धनी
मागी हेर दिन सक्छु, पैसा गनीगनी
विचार गर साइँली
बाँचे खानी भातै हो
मरे लानी घाटै हो
माथिका सिर्जना सोलुखुम्बुका नागरिककर्मी शिखरजंग श्रेष्ठको हो। पत्रकारितासँगै गीत लेखनलाई पनि अघि बढाउँदै आएका उनले दर्जनौं लोक तथा दोहोरी गीतमा कलम चलाईसकेका छन्। उनी संगीतमा शिखर गजरकोटेले परिचित छन्।
उनको लेखन तथा प्रियजन राईको भाकामा तयार भएको पूर्वेली गीत ‘विचार गर साइँली’मा गायिका इन्द्रकला राईलाई गायक प्रियजन राईले स्वरमा साथ दिएका छन्। पूर्वेली जुनतारा म्यूजिकको युट्युब च्यानलबाट डिजिटल बजारमा आएको गीतको संगीतसंयोजन सन्तोष प्रगाढले गरेका छन्।
प्रियजन राईको निर्देशनमा तयार भएको भिडियोमा हास्यकलाकार गणेश इशारालगायतले अभिनय गरेका छन्। नरेश ऐरको छायांकन रहेको भिडियोमा तुलसी बासकोटाको सम्पादन छ।
गीतकार गजरकोटेको सिर्जनामा यसअघि पूर्वेली गीत ‘पानी मिठो यारी खोलाको’, ‘पूर्वेली कान्छी’, ‘चुल्ठो बाटी हाल’, ‘माया गाढा भो’, ‘बार लाउ है मायाले’ श्रोतादर्शकले मन पराएका गीत हुन् भने ‘तनहँु गजरकोट’, ‘छाता थेन’, ‘हावापानीले’ लगायतका गीत पनि उनकै सिर्जनामा बजारमा छन्।
प्रकाशित: ६ असार २०७६ ०२:३२ शुक्रबार