७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दक्षिणले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने

सोल – दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ । दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

विश्व खाद्य कार्यक्रम (डब्लयुएफपी)मार्फत उत्तर कोरियालाई चामल प्रदान गरिने किमले बताएका छन् । किमका अनुसार दक्षिण कोरियाली सरकारले दुई महिनाभित्र ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने छ ।

यसै महिनाको सुरुमा उत्तर कोरियाका लागि ८० लाख अमेरिकी डलरबराबरको रकम दक्षिण कोरियाले डब्ल्यूएफपी र युनिसेफमार्फत उत्तर कोरियालाई दिएपछि पुनः यो चामल प्रदान गर्ने योजना आएको हो ।

प्रकाशित: ६ असार २०७६ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App