coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरालने खसाल्यो अमेरिकी ड्रोन, इरानले ठूलो गल्ती गरेको ट्रम्पको टिप्पणी

काठमाडाैं - अमेरिका र इरानबीच तनाव बढिरहेका बेला अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालेको छ। ट्रेइट अफ होर्मुजको अन्तर्राष्ट्रिय आकाशमा रहेको  ड्रोनलाई बिहीबार खसालेको हो। अन्तराष्ट्रि सञ्चार माध्यमका अनुसार उक्त ड्रोन जासुसी भएको भन्दै खसालिएको हो।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिवले बुधबार तेहरानले आफ्नो आकाशमा बिनाअनुमति उडान हुन नदिने बताएका थिए।

सोमबार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले ‘उत्तेजक व्यवहार’ देखाएको भन्दै थप अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ड्रोन खसालेर ठूलो गल्ती गरेको बताएका छन्। ट्रम्पले उक्त कार्यको घोर निन्दा गरेका छन्।

प्रकाशित: ६ असार २०७६ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App