८ वैशाख २०८१ शनिबार
राजनीति

पौडेल हत्याको बदला लिने विप्लवको चेतावनी

काठमाडौं - नेत्रविक्रम चन्द 'विप्लव'नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका सर्लाही इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको कायरतापूर्वक हत्या भएको आरोप लगाएको छ।

पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले विज्ञप्तिमार्फत सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा साथी पर्खिरहेका पौडलको गोली हानी हत्या गरिएको आरोप लगाएका हुन्।विज्ञप्तिमा गैरन्यायिक हत्या भएको भत्र्सना समेतगरिएको छ। प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारको राज्य आतंक र हत्याको बदला लिने समेत विज्ञप्तिमा उल्लेख छ।

पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पौडेललाई विप्लव समूहले सहिद घोषणा समेत गरेको छ। पौडेलको बिहीबार प्रहरीको गोली लागी मृत्यु भएको थियो। प्रहरीले भने दोहोरो हानाहानका क्रममा उनको मृत्यु भएको दाबी गरेको छ।

प्रकाशित: ६ असार २०७६ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App