८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले सुरुङभित्रै १५ जना कामदार फसे

रसुवा- रसुवागढी जलविद्युतु आयोजनाको पावर हाउसभन्दा माथिबाट आएको पहिरोले सुरुङमा रहेका १५ जना कामदारभित्रै फसेका छन्। सुरुङको मुख बन्द नभएको भएपनि विद्युत् अवरुद्ध भएको र बाटोमा पहिरो गएको कारण कामदारलाई बाहिर नआउन आग्रह गरिएको आयोजना प्रमुख छवि गैरेले बताए। ‘पहिरोले मानवीय क्षति गरेको छैन्, उनले भने, सुरुङभित्र रहेका कामदार पनि सकुसल छन्।’

भित्र रहेका कामदारसँग वाकेटकेमा कुरा भइरहेको उनको भनाइ छ। बाहिर निस्कँदा जोखिम हुने भएकाले कामदार रातिभर सुरुङभित्रै बस्ने बताइएको छ। भित्र फसेका कामदारलाई उद्धार गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। १११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण हुँदैछ।

प्रकाशित: ५ असार २०७६ १६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App