८ वैशाख २०८१ शनिबार
समाज

अब नयाँ प्रविधिबाट यसरी मापन हुन्छ भूकम्प

सुभद्रा धिताल

काठमाडौं– भूकम्प मापन केन्द्रले नयाँ प्रविधि भित्र्याएको छ। भूकम्प मापनमा यसअघि एक तरिकाले मात्रै हुन्थ्यो भने अहिले आएको नयाँ प्रविधिले तीन तरिकाले मापन गर्नेछ। केन्द्रले अब ‘सिस्कोम्प–थ्री’ नामक प्रविधिबाट भूकम्पको मापन गरिने बताएको छ।

यो प्रविधिद्धारा भूकम्प गएको स्थान सहजै देख्न सकिने अत्याधुनिक प्रविधि रहेको केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले बताए। उनका अनुसार यो नयाँ प्रविधिबाट भूकम्प कुन ठाउँमा कतिको तीब्रताले गएको हो भनेर सहजै पत्ता लगाउन सकिनेछ। उक्त प्रविधिमा सिस्मोमिटर नामक यन्त्र जडान गरिएको हुन्छ। जसले तलमाथि, उत्तर–दक्षिण र पूर्व–पश्चिम गरी ३ किसिमले भूकम्प मापन गर्ने कोइरालाले नागरिक न्यूजलाई बताए। यो प्रविधि जडानको काम आउँदो सेप्टेम्बरसम्ममा सकिने उनले बताए।

अहिले केन्द्रले सिङगल कम्पोनेन्ट भर्टिकल सिस्मोमिटर नामक प्रविधिबाट भूकम्प मापन गरिरहको छ। यसबाट तलमाथिको कम्पन मात्र नाप्ने गरेको छ। हाल केन्द्रले भूकम्प मापनका लागि २० ठाउँमा स्टेशन राखेको छ। जापानको सहयोगमा ८, थाइल्यान्डको राइम्सबाट २ र चीनबाट १० स्थानमा गरि स्टेशन स्थापना गरिएको कोइराला बताउँछन्। Jade (जाड) र Onyx (ओनिक्स) सिस्टमका माध्यमबाट हाल भूकम्प नाप्ने काम भइरहेको छ।

आधुनिक सिस्कम्प–थ्री प्रविधि प्युठानदेखि पूर्व ताप्लेजुङसम्म १२ स्थानको लागि काठमाडौंमा रेकर्ड हुनेछ। यो प्रविधिको सफल प्रयोग तथा परिक्षण भए पश्चात रुकुमदेखि पश्चिम बैतडीसम्मको लागि सुर्खेतमा रेकर्डिङ गरिने केन्द्रले जनाएको छ।
२०७२ सालको विनाशकारी भूकम्प पश्चात हालसम्म ४० हजारभन्दा बढि पराकम्प गइसकेको र आज मात्र १४ वटा साना पराकम्प भएको भूकम्पविद् कोइरालाको भनाई छ। साथै विश्व भरमा ५ रेक्टर स्केल भन्दा ठूला भूकम्प गएमा यहाँबाट पनि रेकर्ड हुने गरेको उनले बताए।

प्रकाशित: ५ असार २०७६ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App