coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्यचौकीमा पठाइयाे म्याद सकिएका औषधि

स्वास्थ्य कार्यालयले फोप्ली स्वास्थ्यचौकीका लागि पठाएको म्याद सकिएको औषधि। तस्बिरः नागरिक

प्युठान–स्वास्थ्य कार्यालय प्युठानबाट फोप्ली स्वास्थ्यचौकीका लागि पठाएको औषधि स्वास्थ्यचौकीसम्म पुग्न नपाउँदै म्याद सकिएको छ। वैशाख २९ गते स्वास्थ्य कार्यालयले फोप्ली स्वास्थ्यचौकीका लागि पठाएको औषधिको म्याद सकिएको हो।

नौबहिनी गाउँपालिकाअन्तर्गत फोप्ली स्वास्थ्यचौकी पर्छ। नौबहिनी गाउँपालिका–८, को स्वास्थ्यचौकीमा औषधि पुग्न एक महिना लाग्यो। वैशाख २९ गते पठाएको औषधि पठाएको ठीक एक महिनाअर्थात् जेठ ३० गते स्वास्थ्य संस्थामा पुगेको थियो। म्याद सकिन केही दिनमात्रै बाँकी रहेको औषधि स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य संस्थाहरूमा पठाउने र जनताको स्वास्थ्यमा खेलवाड गर्नेजस्ता क्रियाकलाप गरेको भन्दै स्वास्थ्य कार्यालय प्युठानको चर्काे आलोचनासमेत भएको छ। 

म्याद सकिन १५ दिनमात्रै बाँकी रहेको औषधि स्वास्थ्य कार्यालयले नौबहीनी गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पठाएको थियो। नौबहिनी गाउँपालिकाअन्तर्गत रहेका विभिन्न स्वास्थ्यचौकीमा कार्यालयमार्फत् वैशाखको अन्तिममा औषधि पठाइएको थियो। 

स्वास्थ्य कार्यालयमार्फत् पठाइएका औषधिको म्याद सकिन १० देखि २० दिनमात्रै बाँकी रहेको भेटिएको छ। म्याद सकिनै लागेका औषधि जिल्लाका दुर्गम मानीले स्याउलीवाङ, खवाङ, फोप्लीलगायतका स्वास्थ्य संस्थाहमा पठाइएको हो। म्याद रहुन्जेल कार्यालयमा थन्काएर राख्ने र म्याद सकिनै लाग्दा गाउँका स्वास्थ्यचौकीमा पठाउने गरिएको भेटिएको हो। 

स्वास्थ्य कार्यालयले वैशाख २९ गते नौबहीनी गाउँपालिकाको कार्यालयलाई जिम्मा लगाउँदै विभिन्न स्वास्थ्य संस्थाका लागि आवश्यक रहेको ओक्सिटोसन नामक औषधि पठाएको थियो। जेठ १७ गते उक्त औषधिको म्याद सकिन्छ भनि उल्लेख गरिएको छ। तर, स्वास्थ्य कार्यालयले सम्बन्धित निकायमा तत्काल पु¥याउनु पर्ने र प्रयोगमा चाडै ल्याउनुपर्ने औषधिको ढुवानीमा ख्याल नगर्दा हजारांै रूपैयाँ बराबरको औषधि खेर गएको छ। 

स्वास्थ्य कार्यालयले गाउँपालिकाको जिम्मा लगाएर पठाएका र गाउँपालिकामा लामो समय औषधि रोकिँदा म्याद सकिएको स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य निरीक्षक पुस्कल श्रेष्ठले बताए। ‘पहिलेनै म्याद सकिन लागेको थियो,’ उनले भने, ‘गाउँपालिकामा खबर गरेर केही दिनका लागि मात्रै प्रयोग गर्नु भनि पठाएका हौं।’ गाउँपालिका र स्वास्थ्य कार्यालयबीचमा औषधि पठाएपछि र ढुवानीका विषयमा समन्वय नभएकाले समयमै औषधि पुग्न नसकेको श्रेष्ठले स्वीकारे। 

बाग्दुला–बहाने सडकखण्ड अवरुद्ध भएको र खोलाबाट औषधि लिएर जान सक्ने अवस्था नभएकाले लामो समय गाउँपालिकामै औषधि राखिएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम शर्माले बताए।

 

प्रकाशित: ५ असार २०७६ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App