८ वैशाख २०८१ शनिबार
समाज

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु, ६ जना घाइते

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौँदीमा भएको दुर्घटना। तस्बिरः नागरिक

धादिङ–धादिङमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १४ डाँडागाउँस्थित पाङग्रेखोलाको उकालोमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

धादिङबेसीबाट सेमजोङतर्फ जाँदै गरेको बा १ ज ६०२१ नम्बरको बोलेरो गाडी उकालोमा चढ्न नसकि पछाडि हट्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा नीलकण्ठ नगरपालिका वडा नं ३ सिम्लेगैरीका ३८ वर्षीय  शेर बहादुर लामाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।

घाइते हुनेमा मृतक लामाको श्रीमती ३८ वर्षीय कान्छी लामा, नेत्रावती गाउँपालिका २ बस्ने २८ वर्षीय नरबहादुर तामाङ, उनका श्रीमती २६ वर्षीया निरमाया तामाङ र छोरी २ वर्षकी रेनिसा तामाङ घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

त्यस्तै पृथ्वी राजमार्ग अन्र्तगत बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ चरौदीमा दुईवटा ट्रक एकआपसमा ठोक्किदाँ दुई जना घाइते भएका छन्। काठमाडौँ जाँदै गरेको ना ४ ख ६९७३ नम्बरको ट्रक र काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १६९७ नम्बरको ट्रक एक आसपमा ठोक्किएको थियो। दुर्घटनामा चेपिएर नवलपरासीका गुरुदत्त अधिकारी र सोही ठाउँका विक्रम खाँण घाइते भएका छन्। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

दुवै दुर्घटनाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: ५ असार २०७६ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App