४ वैशाख २०८१ मंगलबार
अर्थ

वित्तीय तथ्याङ्कबारे गोष्ठी

आर्थिक तथा वित्तीय तथ्याङकसम्बन्धी गोष्ठी । तस्बिरः नागरिक

भैरहवा–नवलपरासीको बर्दघाटमा एकदिने आर्थिक तथा वित्तीय तथ्याङकसम्बन्धी गोष्ठी भएको छ। नेपाल राष्ट्र बैंकले संकलन गर्ने आर्थिक तथा वित्तीय तथ्याङ्कको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय सिद्धार्थनगरले गोष्ठी गरेको हो। 

नेपाल राष्ट्र बैंकबाट संकलन गरिने आर्थिक तथा वित्तीय तथ्याङ्कको महत्व तथा सम्बन्धित निकायको भूमिका विषयक गोष्ठीमा उप–निर्देशक विवेक कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक राजेन्द्र भट्टराईले नवलपरासीको समसामयिक आर्थिक तथा बैंकिङ अवस्थाको चर्चा गर्दै प्रत्येक व्यक्ति तथा संस्थाको लागि स्वनियमन अत्यन्त महत्वपूर्ण रहेकाले प्रत्येक संस्था स्वनियमनकारी भएर कार्य गर्नुपर्ने बताए। बैंकले माग गरेबमोजिमको तथ्याङ्क निर्धारित समयमा नै उपलब्ध गराउन अनुरोध गरे। 

प्रकाशित: ५ असार २०७६ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App