गच्छदारले सोधे– प्रधानमन्त्रीलाई के अधिकार चाहिएको हो सभामुख महोदय ? (भिडियाे)

बिहिबार, ०५ असार २०७६, १६ : २५ नागरिक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न खडा गरेका छन्। प्रतिनिधिसभाको बिहिबारको बैठकमा बौल्दै उनले भने ‘कस्तो अधिकार प्रधानमन्त्री ज्यूलाई चाहिएको छ? के अधिकार चाहिएको प्रधानमन्त्री जीलाई सभामुख महोदय? म उहाँको इन्टेन्सन माथि प्रश्न खडा गर्न चाहन्छ।

गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिदैं राजीनामा दिन तयार हुनुपर्ने बताएका छन्। उनले संविधान विपरित ल्याईएको गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिदैं राजीनामाका लागि तयार हुनुपर्ने बताएका हुन्।

संविधान विरोधी विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गरेको टिप्पणी उनले गरे। उनले भने ‘भर्खरै ल्याएको विधेयक फिर्ता लियो। विधेयक ल्याउनुभन्दा अगाडि सरकारले यसबारेमा गृहकार्य गर्नुपथ्र्यो कि पर्दैनथ्यो? यति सजिलै संग भन्दिने? गुठी विधेयक ल्यायो। मनोमानी ढंगले अनि फिर्ता गर्यो। फिर्ता गर्नु बहादुरी होइन। सरकारको कार्यकारी प्रमुखको नाताले गल्ती विधेयक ल्याएर, संविधान विरोधी विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गर्नुभएको छ। उनले नैतिक रुपले जिम्मा लिनुपर्छ। राजीनामा पनि दिन तयार हुनुपर्छ। म राजीनामा त्यसै माग्दिँन दुई तिहाई बहुमतको सरकार छ।’

सरकारले धेरै विधेयकहरु संविधानको मर्म र भावना विपरित ल्याउने काम गरिरहेको आरोप लगाए।  गुठी विधेयक ल्याउन खोजेर सरकारले नेपाली जनताको आस्था माथि प्रहार गर्ने काम गरेको टिप्पणी उनले गरे। संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने अधिकारी कसैलाई नभएको भन्दै उनले प्रधानमन्त्रीले पनि संविधानलाई स्वेच्छाचारी ढंगले प्रयोग गर्न नसक्ने चेतावनी दिए। उनले भने ‘नेपालको संविधान साझा दस्तावेज हो। संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो साझा प्रतिवद्धता हो। यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने कसलाई अधिकार दिएको छ? कुन जनताले अधिकार दिएको छ? कुन संविधानले प्रधानमन्त्रीलाई अधिकार दिएको छ? तपाई संविधान विरोधी विधेयक ल्याउनुहोस्। कानुन ल्याउनुहोस् र संविधानको मुल्य र मान्यतालाई प्रहार गर्नुहोस्। हनन गर्नुहोस्। कसले अधिकार दिएको छ? प्रधानमन्त्री स्वेच्छाचारी हुन सक्दैन।’

संसदीय प्रणालीमा कार्यकारी प्रमुख प्रधानमन्त्री आफैमा सर्वशक्तिमान हुने भन्दै उनले राज्यका सबै संयन्त्रलाई आफु मातहतमा ल्याउने प्रधानमन्त्रीको नियत गलत मनसायबाट अभिप्रेरित रहेको दाबी गरे। मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद लाद्नका लागि प्रधानमन्त्रीले सबै संयन्त्रलाई आफु मातहत राख्न खोजेको आरोप लगाए।

उनले संविधान विरोधी सबै विधेयक फिर्ता लिन माग गरे। उनले संसदभित्र प्रतिपक्षीको अग्राधिकार हुने दाबी गर्दे आफु पहिलो बोल्छु भन्नु भन्दा प्रधानमन्त्रीले विपक्षीको सरोकार सुनेर जवाफ दिनुपर्ने तर्क गरे। मधेसवादी दलहरुले संविधान संसोधनको माग गरिरहदा १६ महिना वितिसक्दा पनि सरकार त्यस तर्फ गम्भीर हुन नसकेको टिप्पणी गरे। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छुट्याईएको ४ अर्ब ६५ करोड ६८ लाख रुपैयामा १ सय रुपैया कटौती गर्न प्रस्ताव गरे। उपनेता गच्छदारले विनियोजन विधेयक २०७६ अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गरेका हुन्।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad