७ वैशाख २०८१ शुक्रबार
राजनीति

जलवायुसम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सुझाव

काठमाडौं–विज्ञहरूले जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्। बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विज्ञहरूले जलवायु परिवर्तनसम्बन्धी समस्या समाधानका लागि छुट्टै कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका हुन्। 

वातावरण संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा वातावरणविद् डा. विमल रेग्मीले जलवायु परिवर्तनको समस्या विश्वकै समस्या भएकाले यसको समाधानका लागि सरकारले छुट्टै कानुनी तथा नीतिगत संरचना तयार पार्नुपर्ने स्पष्ट पारे। 

विज्ञ रामप्रसाद रेग्मीले जलवायु परिवर्तनको अवस्थाबारे वैज्ञानिक अध्ययन गर्न सरकारसँग आग्रह गरे। उनले जलवायु परिवर्तनले पारेको असरबारे तथ्यांक संकलन नभई यसको समस्या समाधान गर्न नसकिनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। विज्ञहरूले काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त गराउन स्थानीय तहकै जनशक्तिको उचित परिचालन गनुपर्नेमा पनि जोड दिएका थिए।

 

प्रकाशित: ५ असार २०७६ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App