४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

बाढीका कारण ७ हजार ४ सय विस्थापित

मोन्टेभिडिओ – दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा अविरल वर्षापछि आएको बाढीका कारण सात हजार ४०० व्यक्ति विस्थापित भएका छन्।

राष्ट्रिय आकस्मिक सेवाले दिएको पछिल्लो जानकारीअनुसार मध्य शहर डुराज्नो सबैभन्दा बढी प्रभावित भएको छन्। यहाँबाट पाँच हजार २९९ जना विस्थापित भएका छन्। रक्षामन्त्री जोसे वेआडीले एक शिविरको भ्रमण गरी विस्थापितहरुका लागि सैनिक सहयोगको बन्दोबस्त मिलाएकाे समाचारमा जनाइएको छ।

कैयाैं व्यक्तिहरु अझै पनि बाढी प्रभावित क्षेत्रमा फसेका हुनाले सेनाले निरन्तर निरीक्षण गरिरहेको बेआडीले जानकारी दिए। उक्त बाढीका कारण प्रहरीले १२ ओटा राष्ट्रिय राजमार्गलाई बन्द गरेको छ। रासस

प्रकाशित: ५ असार २०७६ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App