coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

तस्बिरः एजेन्सी

प्योङयाङ– चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार प्याेङयाङ पुगेका छन्। चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो।

चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनिया राष्ट्रपति सी उत्तर कोरिया भ्रमण गरेका हुन्। चिनिया राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ् अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बुधबार हस्ताक्षर भएको छ। आर्थिक तथा पराम्परागत सम्बन्ध कायम हुँदै आएका यी दुई देशबीच राष्ट्रपति सीको यस भ्रमणबाट नयाँ अध्याय शुरु भएको समाचारमा बताइएको छ।

प्रकाशित: ५ असार २०७६ ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App