७ वैशाख २०८१ शुक्रबार
अन्य

‘गर्भपतन गर्नेको संख्या बढ्नु प्रगति होइन’

आइपास परियोजनाको समीक्षा कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख जिल्ला अधिकारी। तस्बिरः नागरिक

तेह्रथुम– सदरमुकाम म्याङलुङमा सम्पन्न आइपास नेपालको कार्यक्रममा सहभागीले जिल्लामा सुरक्षित गर्भपतन गर्नेको संख्या बढ्नुलाई संस्थाको प्रगति मान्न नहुने सुझाव दिएका छन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाइँले सेवाको नाममा विकृति हुन नदिनका लागि सचेत हुनुपर्ने सुझाव दिएकी छन्। सुरक्षित गर्भपतन गराउने अवस्था नआउनका लागि सचेतनात्कम कार्यक्रमसमेत सञ्चालन गर्न निर्देशन समेत दिएकी छन्।

जिल्लामा सञ्चालित आइपास कार्यक्रमबाट प्रत्येक वर्ष सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि भएको भन्दै प्रतिवेदन पेश गरिनुले समाज कतातिर गइरहेको छ भन्ने प्रस्ट दिशानिर्देश गर्ने जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले बताए।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार परियोजनाको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइपासको सहयोगमा परियोजना सञ्चालन गर्ने समृद्ध तेह्रथुमका लागि अभियान म्याङलुङका कार्यक्रम संयोजक लक्ष्मीनारायण मिश्र र सामुदायिक वन महासंघ फेकोफोन तेह्रथुमका प्रतिनिधि तुलसी संग्रौलाले स्थानीय तहसँगको समन्वयमा समेत कार्यक्रम सञ्चालन गरेपछि भएको परिवर्तनबारे तथ्यांक सार्वजनिक गरेका छन्।

समृद्ध तेह्रथुमका लागि अभियानले परियोजना सञ्चालन गरेको क्षेत्रमा आर्थिक वर्ष ०७५/७६ मा २ सय ८८ जना र फेकोफोनले परियोजना सञ्चालन गरेको क्षेत्रमा २ सय ७६ जनाले सुरक्षित गर्भपतन गरेको तथ्यांक सार्वजनिक गरिएको छ।

प्रकाशित: ५ असार २०७६ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App