coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अन्तत् धवनले गुमाए विश्वकप

साउथह्याम्पटन – भारतीय ओपनर शिखर धवन औलाको चोटका कारण इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपका बाँकी सबै खेल गुमाउने भएका छन्। बुधबार भारतीय क्रिकेट बोर्ड बिसिसिआईले औला भाँचिएकाले धवनले सबै खेल गुमाउन जनाएको हो। अस्ट्रेलियविरुद्धको खेलमा बलर प्याट कमिन्सको बल सामना गर्ने क्रममा धवनको औलामा चोट लागेको थियो। जारी विश्वकप भारतले लिगको पहिले खेलमा अस्ट्रेलियालाई ३६ रनले हराउँदा धवनले शतकीय इनिङ्स खेलेका थिए।

सो खेलमा ब्याटिङ गरे पनि चोटका कारण धवन अस्ट्रेलियाविरुद्ध फिल्डिङमा गरेका थिएनन्। उनी उक्त खेलमा म्यान अफ दी म्याच पनि घोषित भएका थिए। ३३ वर्षे धवनको स्थानमा युवा ब्याट्सम्यान तथा विकेटकिपर ऋषब पन्त टोलीमा समावेश भैसकेका छन्। भारतले शनिबार अफगनिस्तानको सामना गर्नेछ। अफगानिस्तानले जारी विश्वकपका कुनै पनि खेलमा जित निकाल्न सकेको छैन भने भारत जारी प्रतियोगिताको अपराजित टोली हो।

‘शिखर धवनको पञ्जामा खराबी देखिएको छ। उनको हड्डी भाँचिएको छ,’ भारतका टिम म्यानेजर सुनिल सुब्रमनियनले भने, ‘धेरै विज्ञहरूको सल्लाहअनुसार उनले जुलाई मध्यसम्म आराम गर्नुपर्ने रह्यो। जुन उनका लागि जारी विश्वकप समाप्ती हुनेछ।’ धवनको स्थानमा अवसर पाएका २१ वर्षे रिशवलाई विश्वकपको प्राविधिक कमिटिले भने औपचारिक स्विकृति लिन बाँकी छ। ऋषब मध्य क्रममा ब्याटिङ गर्ने बायाँ हाते ब्याट्सम्यान हुन्। ३३ वर्षे धवनको स्थानमा युवा ब्याट्सम्यान तथा विकेटकिपर ऋषब पन्त टोलीमा समावेश भैसकेका छन्।

प्रकाशित: ५ असार २०७६ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App