७ वैशाख २०८१ शुक्रबार
खेल

भिएआरको निर्णयमा गुनासो छैन–टेटे

साल्भाडोर – फिलिप कौटिन्होले अन्तिम समयमा गरेको गोल भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड भन्दै मान्यता नदिएको खेलमा मंगलबार ब्राजिलको लगातार दोस्रो जित हात पार्ने लक्ष्यले पूर्णता पाउन सकेन।

कोपा अमेरिकाअन्तर्गत मंगलबार समूहको दोस्रो खेलमा ब्राजिल भेनेजुएलासँग गोलरहीत बराबरीमा रोकिएको थियो। ८७औं मिनेटमा कौटिन्होले बललाई जाली चुमाएसँगै आयोजक ब्राजिल लगातार दोस्रो जितमा साथ अन्तिम ८ को संघारमा पुगेको थियो। तर, खेलमा दोस्रो पटक भिएआरको प्रयोग गरेका चिलीका रेफ्री जुलियो बास्कुनानले कौटिन्होको गोललाई मान्यता दिएनन्। भिएआरले रोबेर्टो फिर्मिनो अफसाइड पोजिसनमा बसेको देखिएको थियो।

समूहमा २ खेलपछि १ जित र १ बराबरीका साथ ब्राजिल ४ अंकसहित शीर्ष स्थानमा छ। ब्राजिलले उद्घाटन खेलमा बोलिभियालाई २–० ले निराश पारेको थियो। भेनेजुएला २ खेलमा २ अंक जोड्दै दोस्रो स्थानमा छ। समूहको अन्तिम खेलमा ब्राजिलले पेरुको सामना गर्दा भेनेजुएलाले बोलिभियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। पेरुले मंगलबारै भएको खेलमा बोलिभियामाथि ३–१ को सहज नतिजा ल्याएको थियो।

ब्राजिलका प्रशिक्षक टेटेले आफ्नो टोलीले दुई पटक अग्रता लिए पनि दुवै पटक भिएआरबाट मान्यता नपाएकोमा कुनेै गुनासो नभएको बताए। ‘पक्कै पनि रेफ्रीले सही निर्णय लिएका होलान्,’टेटेले भने, ‘भिएआरको निर्णयमा मलाई कुनै गुनासो छैन र मेरो केही माग पनि छैन।’ यता भनेजुएलाका प्रशिक्षक राफेल डुडामेलले ब्राजिलजस्तो प्रतियोगिताकै दाबेदार राष्ट्रलाई गोलरहीत बराबरीमा रोकेको भन्दै टोलीको प्रशंसा गरे।

‘आजको नतिजा महत्वपूर्ण छ, तर हाम्रो लक्ष्य प्रतियोगिताको अघिल्लो चरण प्रवेश हो,’डुडामेलले भने। खेलको सुरुआतबाटै खेलमा हाबी बनेको ब्राजिलले पहिलो हाफमा मात्र एक पटक भेनेजुएलाको पोस्ट आक्रमणको सामना ग¥यो। एन्जल हरेराको पासमा सोलोमन रोन्डनको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा भेनेजुएलाले अग्रताको अवसर गुमाएको थियो।

३८औं मिनेटमा फिर्मिनोले गरेको गोलमा ब्राजिलले अग्रता लिए पनि बुस्कानले अफसाइड भएको भन्दै त्यसलाई मान्यता दिएनन्। ५८औं मिनेटमा ग्याब्रियल जिससले पुनः एक पटक ब्राजिललाई खेलमा अघि बढाए पनि बुस्काननले भिएआरको प्रयोगमा उक्त गोललाई अफसाइड संकेत दिए। खेल सकिन १० मिनेट बाँकी हुँदा फिर्मिनोको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा ब्राजिल निराश भएको थियो।

समूहमा २ खेलपछि समान १ जित र बराबरीका साथ ब्राजिल ४ अंकसहित शीर्ष स्थानमा छ। ब्राजिलले उद्घाटन खेलमा बोलिभियालाई २–० ले निराश पारेको थियो।

प्रकाशित: ५ असार २०७६ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App