६ वैशाख २०८१ बिहीबार
समाज

६ करोड ठग्ने पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा सिंगापुर पठाउने भन्दै विभिन्न व्यक्तिबाट ६ करोड भन्दा बढी ठगीमा संलग्न प्रविण पौडेल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विशालनगरस्थित ‘द अप्रेन्टिक फर्म’का सञ्चालक ३४ वर्षीय पौडेललाई हेटौंडाबाट पक्राउ गरेको हो ।

महाशाखाका एसपी सुशीलसिंह राठौरका अनुसार आकर्षक तलबसहित सिंगापुर पठाइदिने भन्दै पौडेलले तीनसय भन्दा बढी व्यक्तिबाट रकम असुलेका थिए । वैदेशिक रोजगारीका लागि तालिम केन्द्र खोलेर ठगी गरेको उजुरी परेपछि महाशाखाले उनको खोजी गरेको थियो । पक्राउ परेका पौडेलबाहेक अन्य व्यक्ति पनि ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । फरार अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
 
 

प्रकाशित: ५ असार २०७६ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App