coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैंकिङ कसुरमा फरार पक्राउ

काठमाडाैँ - बैंकिङ कसुरमा अदालतबाट दोषी ठहरिई फरार रहेका प्रमोदकुमार खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सिआइबीले उच्च अदालत पाटनबाट दोषी ठहर भई एक महिना कैद र २३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका खड्कालाई सुकेधाराबाट पक्राउ गरेको हो ।

प्रशान्त जैसवालसँग लिएको सापटी ऋण चुक्ता गर्ने क्रममा दिएको एसबिआई बैंकको चेक बाउन्स कसुरमा अदालतले खड्कालाई दोषी ठहर गरेको थियो । मंगलबार पक्राउ परेका खड्कालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि केन्द्रीय कारागार चलान गरिएको छ ।

प्रकाशित: ५ असार २०७६ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App