coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जेलमा भवन निर्माण गरिँदा महानगरको ढल थुनियो

काठमाडौं – केन्द्रीय कारागारले न याँ भवन निर्माण गरेपछि बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालयको ढल थुनिएको छ। कारागारमा नयाँ महिला ब्यारेक संरचना निर्माण भएपछि ढल थुनिएको हो।

महानगरपालिका कार्यालयको पार्किङ अगाडी ढल फुटेपछि चाइना टाउन सपिङ सेन्टर, महानगरपालिका कार्यालयलगायत क्षेत्र दुर्गन्धित बनेको छ। ढल फुटेपछि कर्मचारी तथा सेवाग्राहीको सवारी पार्किङ गर्न समस्या भएको छ  भने दुर्गन्धले बसिनसक्नु भएको छ। ढल थुनिएकै कारण उक्त ठाउँमा पटकपटक ढल फुट्दा सर्वसाधरणले सास्ती खेप्न बाध्य छन्। कारागार प्रमुख वेदनिधि अधिकारीले महिला ब्यारेक निर्माण गरिएकाले ढलको समस्या उत्पन्न भएकाले उक्त ब्यारेकको छेउबाट ढल खन्न लागिएको बताए।

‘महिला बयारेक निर्माण गरेपछि ढलको समस्या देखियो,’ उनले भने, ‘अहिले पाइपबाट ढल पास गरेका छौं। नयाँ ढल हाल्नको लागि महानगरपालिका, वडा कार्यालयसँग छलफल भइसकेको छ।’ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले ढल निर्माणको लागि निर्माण समिति गठन गरिएको र तत्कालै ढल मर्मत गरिने बताए। ‘बैठकमा कुरा भइसकेको छ। निर्माण समिति गठन गरेका छौं,’ उनले भने, ‘बिहीबारबाटै काम थाल्छौं। ढल निर्माण गरेपछि ढलको सबै समस्या समाधान हुनेछ।’

प्रकाशित: ५ असार २०७६ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App