पाँचथरमा शृंखलाबद्ध हत्या, जनजीवन त्रस्त

बिहिबार, ०५ असार २०७६, ०८ : २४ गिरिराज बाँस्कोटा

पाँचथर - हिलिहाङ–६ मा हत्या गरिएकी युवतीको शव पोस्टमार्टमका लागि ल्याइएपछि बुधबार दिनभर पाँचथर जिल्ला अस्पतालमा हेर्नेहरूको बाक्लो उपस्थिति थियो । इलामको माइजोगमाई गाउँपालिका–५ घर भई गोपेटार बजारस्थित एनएमबी माईक्रोफाइनान्समा काम गर्ने २२ वर्षीया सुजता तामाङको ऋण संकलन गरी फर्किने क्रममा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार साँझ शव फेला परेको थियो ।

९ जनाको हत्या भएको मिक्लाजुङ हत्याकाण्ड सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको हो । वैशाख २९ गते सोही गाउँपालिकामा १५ वर्षीया शीतल योङहाङको पनि घाटी रेटी हत्या भएको थियो । साथै जिल्लामा पछिल्ला दिनमा मृत्यु, हत्या, दैविक प्रकोपका घटनाका कारण एकपछि अर्को गरी चिन्ता बढेको देखिन्छ । जिल्लामा सुरक्षाकर्मी परिचालन बाक्लै गरी भए पनि अपराधको अवस्था घटेको देखिँदैन । पछिल्लो समय जिल्लामा एकपछि अर्को हत्याका घटना भइरहेकाले यहाँका बासिन्दा निक्कै चिन्तित बनेका छन् । सामाजिक सञ्जालमा युवा निक्कै चिन्तित देखिन्छन् ।

बुधबार अस्पतालमा जम्मा भएका सदरमुकाम र आसपासका बासिन्दाको अनुहार मलिन थियो । अनेकन आंशका भइरहेको सुनिन्थ्यो । घटनाको अनेक किसिमबाट विश्लेषण भइरहेको छ । चोक, चिया पसल तथा बस्तीमा सुरक्षा चिन्ता छाएको देखिन्छ । पाँचथरमा के हुन लागेको यस्तो ? भन्ने किसिमका प्रश्न सामाजिक सञ्जाल र सार्वजनिक रूपमा टिप्पणी भइरहेका छन् । ‘पछिल्ला घटनाहरू निकै गम्भीर किसिमका अपराध हुन् । एकपछि अर्को गरी निक्कै गम्भीर अनुसन्धानमा खटिनुपर्ने अवस्था छ,’ पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवर भन्छन्, ‘अपराधीलाई कानुनको दायरामा ल्याइछाड्छौं । घटनापछिको अवस्थालाई सामान्यीकरण गर्दै व्यक्ति तथा परिवारको सुरक्षामा नागरिक पनि आफैं सचेत हुनुपर्छ ।’ उनका अनुसार चालू आर्थिक वर्षमा ६ वटा हत्याका घटना भएका छन् । यी घटनामा १४ जनाको ज्यान गइसकेको छ ।

पछिल्ला घटनाक्रमले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । तर घटना रोकिएका छैनन् । सवारी चेकजाँच, सीमा क्षेत्रका बाटाको निगरानी तथा गस्ती बढाइएको डिएसपी कुवँर बताउँछन् । घटनामा बढी अफवाह फैलिँदा पनि समस्या छ । राज्यले सुरक्षाको प्रतिबद्धता आम नागरिकसम्म जनाउनु आवश्यक देखिएको छ । यस्ता घटना चाँडो र नकारात्मक शैलीमा फैलिँदा पनि समस्या हुने गरेको छ । दोषीलाई कडा कारबाही हुनुपर्ने जिल्लावासीको माग रहेको छ ।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad