१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाको सचिवालय बैठक शुक्रबार

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको युरोप भ्रमणअघि रोकिएको सचिवालय बैठक शुक्रबार पुनः बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार दिउँसो भेटघाट भएपछि रोकिएको बैठक शुक्रबारका लागि तय भएको हो । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटघाटपछि तत्कालै सचिवालयको बैठक डाकेर केन्द्रीय सदस्यको कार्यविभाजन गर्न सहमत भएका छन् । बालुवाटार स्रोतका अनुसार त्यसका लागि तयारी गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।

यसअघि प्रधानमन्त्री ओली युरोप भ्रमणमा जानुअघि जेठ २३ गते नेकपा सचिवालय बैठक बसेको थियो । प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किएपछि पटकपटक दुई नेताबीच टेलिफोन सम्वाद भएको र त्यसपछि बुधबार भेटघाट भएको थियो । अब बस्ने बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा पार्टी एकीकरणपछि तयार भएको राजनीतिक प्रतिवेदन प्रकाशन गर्न तयारीका लागि महासचिव पौडेल र सचिवालय सदस्य थापलाई जिम्मेवारी दिइएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित: ५ असार २०७६ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App