coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु

महोत्तरी–औरही नगरपालिका–६, बैरिया टोलमा मोटरसाइकलले ठक्कर दिँदा बुधबार एक साइकल यात्रीको मृत्यु भएको छ। मोटरसाइकल चालक गम्भीर घाइते छन्। 

दुर्घटनामा भारत विहार सितामढी बथनाहा ग्राम पञ्चायत लक्ष्मीपुर बस्ने ४२ वर्षीय चन्द्रदेवदास तत्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। 

बैरिया टोलस्थित माइस्थान–सम्सी सडक खण्डमा गौशालातर्फ जाँदै गरेको ज १२ प ६४४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल चालकको गौशाला पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीको भनाइ छ। 

 

प्रकाशित: ४ असार २०७६ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App