coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा हत्या प्रयासको आरोपमा मन्त्रीका छोरा प्रक्राउ

भारत– प्रवल पटेल केन्द्रीय मन्त्री तथा भारतीय जनता पार्टीका नेता प्रह्लाद पटेका छोरा हुन। मध्य प्रदेश प्रहरीले उनलाई हत्या प्रयासको आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत सोमबार राति घर फर्कदै गरेका हिमांसु राठोर र राउल राजपुतमाथि मन्त्रीका छोरा प्रवल, भतिज मोनुले र उनका साथीहरुले आक्रमण गरी बन्धक बनाएका थिए।

उनीहरुले हिमांसु र राउललाई मन्त्रीका भतिज मोनुको अफिसमा लगेर रड र डन्डीले निर्घात कुटपिट गरेको र त्यसपछि अर्का साथी सिभम्को घरमा लगेर पुनः कुटपिट गरेको बताइएको छ। घाइतेहरुको जवलपुर अस्पतालमा उपचार भइरहेको छ।

व्यवसायीक मनमुटावका कारण उनीहरुको झगडा भएको र आरोपी मन्त्रीका छोरा, भतिजसहित अन्य ६ जनालाई प्रक्राउ गरिएको साथै उनीहरुलाई हत्या कोसिस, अपहरण, अपमान र दंगा आरोपमा मुद्दा चलाइने प्रहरीले बताएको छ।

केन्द्रीय पर्यटन तथा संस्कृति मन्त्री प्रह्लाद पटेलले यो घटना पछि भने ‘जे भयो दुःखत भयो, यो दुरभाग्यपूर्ण छ, कानुनले आफ्नो काम गर्छ, म यो बिषयमा कुनै कमेन्ट गर्दिन’ उनी मध्य प्रदेशको दमोहबाट पाँच पटक सांसद चुनिएका छन्।

प्रकाशित: ४ असार २०७६ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App