८ वैशाख २०८१ शनिबार
समाज

हिलिहाङमा युवतीको हत्याः संलग्नको पहिचान भएन

पाँचथर जिल्ला अस्पतालमा भेला भएका सर्वसाधारण । तश्विरः गिरिराज बाँस्कोटा/नागरिक

पाँचथर– जिल्लाको हिलिहाङ–६ चित्ते भन्ने ठाँउमा माइक्रोफाइनान्सको वचत संकलन गरेर कार्यालयतर्फ फर्किरहेकी २२ बर्षीया सुजता तामाङको हत्यामा कस्को संलग्नता थियो भन्ने कुरा अझै खुल्न सकेको छ। मंगलबार साँझ हत्या गरी जंगलमा फालिराखेको अवस्थामा उनको शव फेला परेको थियो।

‘विभिन्न कोणबाट घटनाको विश्लेषण गरी अनुसन्धान गरीरहेका छौँ। अझैसम्म हत्या गर्ने व्यक्ति पहिचान हुन सकेको छैन। घटनास्थल, व्यक्तिगत सम्बन्ध तथा प्राविधिक पक्षहरुलाई केलाई रहेका छौँ’ पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले नागरिक न्यूजसँग भने ‘घटना योजनावद्ध हिसाब भएको हुनु पर्छ। जंगलको बीचमा कोहि लुकेर बसेको थियो या पिछा गरिरहेको थियो, खुल्न सकेको छैन। त्यो लोकेसनलाई नजिकबाट जानेको मान्छेले घटना घटाएको हुन सक्छ।’ तामाङ परिवार तथा आफन्तसँग दिउँसोसम्म सम्पर्कमा रहेको बताइएको छ।

इलामको मागजोगमाई गाँउपालिका–५ कि तामाङ हिलिहाङ गाँउपालिका– ३ गोपेटारमा एनएमबि फाइनान्सको शाखामा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन्। दुई समुहको बैठक सकेर फर्किने क्रममा उनको हत्या भएको पाइएको प्रहरीले जानकारी दिएको छ। उनको साथमा रहेको ७८ हजार ५ सय रुपैँयामा समेत लुटेर लगेको खुल्न आएको छ।  ‘लुट्नेमात्र नियतमात्र थियो कि अरु कारणहरु पनि थिए अनुसन्धान पछि खुल्ने नै छ। अहिले यसै भन्न सकिने अवस्था छैन’ डिएसपि कुवँरले भने।

मृतकको शव पोष्टमार्टका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याइएको छ। अस्पतालमा शव हेर्न आउनेको भीड लागेको छ। जिल्लामा एक पछि अर्को हत्याका घटना हुँदा माहोल त्रसिद बन्दै गएको छ। बैँकको केन्द्रीय कार्यालका प्रतिनिधि र मृतकका आफन्तबीच सहमति पछि पोष्टमार्टम हुने जानकारी दिइएको छ । ६ महिना अगाडीदेखि तामाङले जागीर सुरु गरेको उनका आफन्तले बताएका छन्। ‘छोरीले जागीर पाएपछि कति खुशि थियौँ, यत्रो दशा लाग्यो’ मृतकका बुबा बुद्धमान तामाङले भने ‘दिउँसो फोन गरेर कामबाट फर्किन लागेको बताएकी थिइ।’

सोहि गाँउपालिकामा बैशाख–२९ गते एक किसोरीको घाटी रेटी हत्या भएको थियो। उनको हत्यामा संलग्न दुई व्यक्ति पुर्पक्षका लागि थुनामा छन्। यस्तै मिक्लाजुङको आरुबोटेमा दुई घरका नौँ जनाको हत्याको हृदयविदारक घटना सेलाउन नपाउँदै फेरी अर्को हत्याको घटना भएको हो।

प्रकाशित: ४ असार २०७६ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App