७ वैशाख २०८१ शुक्रबार
समाज

गुठीलाई संस्कृति मन्त्रालय मातहत राख्न संघर्ष समितिको माग

काठमाडौं– गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ। समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धि भएकाले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय अन्तरगत राख्न सरकारसँग माग गरेका हुन्।

बुधबार गुठीयारहरुले काठमाडौंको माईतीघर मण्डलामा आयोजना गरेको विशाल प्रर्दशन कार्यक्रममा बोल्दै उनले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत गुठीलाई राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गरे।

संयोजक श्रेष्ठले सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पनि स्पष्ट पारे। नेवार समूदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास सरकारले गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको उनको भनाई थियो।

प्रकाशित: ४ असार २०७६ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App