सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड भन्दा बढी ठगी गर्ने पक्राउ

बुधबार, ०४ असार २०७६, १५ : १२ नागरिक

हेटाैँडा– सिंगापुरको पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले नुवाकोट गणेस्थानका प्रविन पौडेललाई मकवानपुरबाट मंगलबार पक्राउ गरेको छ।

काठमाडौं विशालनगरमा द एपेरेन्टीक फर्म प्रा.ली, नामक ट्रेनिङ सेन्टर खोलेर सिंगापुरमा कामदार पठाउने र त्यहाँ मासिक ६५० डलर तलब स्केल हुने भन्दै उनले रकम असुलेको प्रहरीको भनाइ छ।

उनले विभिन व्यक्तिहरुसँग पाँच लाख रुपैयाँका दरले रकम लिइ भारतको दिल्ली र लखनउको पानीजहाजमा काम गर्नेलाई तालिम दिइने संस्था (एस.ओ.एल.ए.एस) मा तालिम लिन पठाएका थिए।

झापा कन्काई नगरपालिका ८ घर भएका तीर्थ हमालले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई मकवानपुरको पारिजात पथबाट पक्राउ गरेको हो।

तीर्थ हमालसँग उनले सिंगापुर पठाइदिने भनेर पाँच लाख रुपैया लिएर, प्रोसेस भैरहेको छ भन्दै सम्पर्क विहीन भएका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले ३०० जना भन्दा बढी मानिसहरुबाट ६ करोड रुपैयाँभन्दा बढि रकम ठगी गरेको खुलेको हो। साथै यस कार्यमा अन्य मानिसहरुको पनि संलग्नता भएको खुल्न आएकोले उनीहरुको पनि खोजी कार्य भैरहेको महानगरिय अपराध महाशाखाले जनाएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad