coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फुटपाथ व्यापारीबाट जफत सामान लिलामी गर्दै महानगर

काठमाडौं–काठमाडौं महानगरपालिकाले जफत गरेका सामानहरु लिलामी गर्ने भएको छ। फुटपाथ व्यापारीबाट खोसेका १५ लाख रुपैयाँ बराबरको सामान लिलामी गर्ने तयारी गरेको हो। 

यसअघि पनि धेरै पटक फुटपाथ व्यापारीका सामान खोस्ने गरिएको थियो। तर, उनीहरूले १५ सय जरिवाना तिरेर आफ्नो सामान फिर्ता लैजाने गरेका थिए। 

पछिल्लो समय महानगरले सो सामानहरू फिर्ता नदिई लिलामी गर्ने निर्णय गरेको हो। सडक जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गर्नुपरेको महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। उनका अनुसार यसअघि महानगरले पाँच लाख सात हजार रुपैयाँ बराबरको सामान लिलामी गरिसकेको छ। 

प्रकाशित: ४ असार २०७६ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App