६ वैशाख २०८१ बिहीबार
समाज

टिप्परकाे ठक्करबाट २ को मृत्यु

उदयपुर–टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार बिहान ११ बजे भएको दुर्घटनामा चौदण्डीगढी–४, बर्खेडाँडाका ३५ वर्षीय जीवन राई र ३६ वर्षीय खगेन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अम्मर गजमेरले जानकारी दिए ।  

निर्माणाधीन मदनभण्डारी लोकमार्गअन्तर्गत गाईघाट–बेलटार खण्डको चौदण्डीगढी नगरपालिका–७, लाटीखोलामा बा २ क ७०९ नम्बरको टिप्परले चौदण्डीगढीको बसाहाबाट गाईघाटतर्फ आउँदै गरेको स ४ प ३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले टिप्पर नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक गजमेरले बताए । 

प्रकाशित: ४ असार २०७६ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App