प्रदेशको बजेटप्रति विपक्षीको तीव्र असन्तुष्टि

बुधबार, ०४ असार २०७६, १२ : ३२ अशोकसुजन श्रेष्ठ

मकवानपुर – प्रदेश ३ सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटप्रति विपक्षी दलहरुले तीव्र असन्तुष्टि जनाएका छन्। प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले पेस गरेको बजेट वक्तव्य अस्पष्ट, अपूर्ण र विकास अनुकूल नरहेको उनीहरुले आरोप लगाए।

गत आव ०७५/७६ मा भन्दा ११ अर्ब ९९ करोड ५२ लाख बढी अर्थात् ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याए पनि प्रतिपक्षी दल सन्तुष्ट हुन सकेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बजेट अपूर्ण, अस्पष्ट र गोलमोटोल रहेकाले प्रदेशको विकासमा असर पार्ने बताए।

‘बजेटमा ठोस कुरा छैन, जम्मै गोलमोटोल गरेर बजेटमा यहाँ–यहाँ यति रकमले यसरी काम गरिन्छ भन्ने छैन,’ उनले भने, ‘यसले प्रदेश र जनताको हित गर्दैन, बजेट अन्तरमुखी छ।’ सरकारले जनतालाई बजेटप्रति विश्वास जगाउँने किसिमको नल्याएको जिकिर गर्दै उनले बजेटको रकम होलसेलमा राखिएकोप्रति रोष प्रकट गरे।

‘बजेटको केही शीर्षकमा यति पैसा दिने भने स्पष्ट छ, जस्तो ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई ६ करोड दिने भन्या छ,’ उनले थपे, ‘तर मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम, हेटौंडा अस्पताललाई मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने जस्ता मुख्य कार्यक्रमकै रकम होलसेलमा राखिएको छ।’

नेपाली कांग्रेसका सांसद निमा लामाले नयाँ बजेटमा नयाँ कुरा केही नल्याइएको भन्दै उत्प्रेरित गर्ने खालको नभएको बताए। ‘पुरानै धेरै कार्यक्रमलाई निरन्तरता दिइएको छ,’ उनले भने, ‘गत आवमा बजेट खर्च गर्न नसक्ने सरकारको असक्षतालाई नयाँ बजेटले निरन्तरता दिने देखाएको छ।’

विवेकशील साझा पार्टीका प्रदेश सांसद रमेश पौड्यालले सरकारले बजेटमार्फत् सांसदलाई नीति, निर्माण गर्ने प्रकृयाबाट विमुख गराउँदै वडाध्यक्षजस्तो बनाउन खोजेको आरोप लगाए। ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ, कुल विकास बजेटको झन्डै ९५ बजेट सांसदको झोलीमा राखेर कस्तो समृद्धि हासिल गर्न खोजिएको हो, बुझिनसक्नु छ,’ उनले भने, ‘प्रदेश सरकारले ल्याएको बजेट संघीयता मर्म, स्थानीय तह र ‘बटम टु एप्रोच’विरुद्ध समेत छ।’

बजेटको आकार वृद्धि गरिए पनि गत आवमै सरकारको खर्च गर्ने क्षमता दयनीय रहेको भन्दै बजेट प्रदेश सरकारको एउटा तमाशा भएको बताए। ‘चालु आवमै सरकारको बजेट खर्च गर्ने क्षमता निक्कै दयनीय छ, आगामी आवमा बजेट खर्च गर्ने स्पष्ट आधार दिइएको छैन,’ उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की सांसद रीना गुरुङले चालु आवकै बजेट धेरै खर्च गर्न नसकेको सरकारले आगामी आवमा खर्च प्रतिशत बढाउनेमा शंका व्यक्त गरिन्। ‘बजेटको खाका ल्याउनै पर्ने भएर खाका ल्याएको छ,’ उनले भनिन्, ‘चालुआवकै बजेट कार्यान्वयन गर्न सकेन भनेर आर्थिक मामिला मन्त्रीले स्वीकार्नुभयो, धेरै कार्यक्रम दोहो¥याउनु भएको छ, कार्यकर्ता भर्ती गर्न पनि बजेट छुट्याइएको छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रीता माझीले बजेटबाट प्रदेशको जनताले कुनै राहत नपाउने बताईन्। ‘पुरानो शैलीलाई टेकेको छैन र वर्तमान आमूल परिवर्तन शैलीलाई पनि आत्मसाथ गर्न सकेको छैन,’ उनले भनिन्, ‘प्रदेशमा अथाह बेरोजगार युवालाई स्वरोजगार दिने कार्यक्रम आएको छैन, धार्मिक–सांस्कृतिक धरोहर र नेपालको मौलिक धर्म, संस्कृतिलाई संरक्षण गर्न बजेटले समेटेको छैन।’

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सचेतक रामेश्वर फुयाँलले देशमा धेरैपटक क्रान्ति भइसकेकाले विकास निर्माणमा केन्द्रित रहेको भन्दै बजेटको बचाउ गरे। ‘नेपालमा २००७, २०४६ र २०६३ मा क्रान्ति भयो,’ उनले भने, ‘अब निर्माण हाम्रो काम हो, त्यसका लागि हामीले बनाएको नारा ‘प्रदेश समृद्धिको आधारः श्रम, सिर्जना, उत्पादन र रोजगार’, यही विषयलाई अघि बढाउन बजेटले प्रयास गर्नेछ, कृषिमा जोड दिएर व्यावसायिक ढंगले अघि बढाउन चाहन्छौं।’

प्रदेश सभाअन्तर्गतको अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले गत आवको भन्दा नयाँ बजेट वस्तुवादी, यथार्तपरक र तल्लो तह तथा ग्रामीण समुदाय लक्षित रहेको दाबी गरे। ‘बजेट सकारात्मक छ, बजेटले प्रदेशको आर्थिक गतिविधिलाई तीव्र बनाउन ठूलो मद्दत गर्नेछ,’ उनले थपे।

नेकपाकै सांसद रामकुमार अधिकारीले बजेटका प्राथमिकता नै एकदमै महत्वपूर्ण रहेको बताउँदै बजेट सन्तुलित, समानुपातिक, लगानीमैत्री वातावरण बनाउन केन्द्रित रहेको जिकिर गरे। 

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले आवधिक योजनाअनुसारै बजेट आएको भन्दै उपलब्ध स्रोत, साधनलाई ध्यानमा राखेर बजेट तथा कार्यक्रम ल्याएको बताए। ‘आगामी आवमा सतप्रतिशत खर्च गर्ने गरी बजेट ल्याएका छौं,’ उनले भने, ‘५० अर्बभन्दा बढीको बजेट आउने अनुमान थियो, ठिक्क खर्च गर्नेगरी बजेट ल्याएका हौं।’







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad