रिमालको एकल प्रदर्शनी बिहीबारदेखि

बुधबार, ०४ असार २०७६, १२ : १५ नागरिक

काठमाडौं– इञ्जिनीयर, आर्किटेक्ट तथा चित्रमूर्तिकार शङ्करनाथ रिमालको एकल कला प्रदर्शनी असार ५ गतेदेखि हुने भएको छ। तीस वर्षदेखिका आफ्नो चित्र मूर्तिकला तथा आर्किटेक्चर रेट्रोस्पेक्ट एक्जिबिशन (सिंहावलोकन प्रदर्शनी) मा राख्न लागिएको रिमालले जानकारी दिए। ‘आजसम्म मैले कुनै पनि एकल प्रदर्शनी नगरेकाले यस पटक गर्न लागेको हुँ’, नेपाल कला परिषद्का महासचिव पनि रहेका रिमालले भने। आफ्ना काम जनतामा समर्पण गर्ने नै मुख्य उद्देश्य रहेको उनले बताए। 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शतवार्षिकी तथा रिमालको ८५ औँ वर्ष प्रवेशका अवसरमा  निजी आवास नक्साल नारायणचौरस्थित शङ्कर शशि ग्यालरीमा हुन लागेको प्रदर्शनीमा करीब ५० चित्र, एक सय आर्किटेक्चर र २०  मूर्ति राखिने छ। 

उनको चित्र मूर्त अमूर्त दुवै खालको पाइन्छ।  जलरङ, एक्रेलिक, पेन एण्ड इन्क, पेन्सिल, चारकोल र मैन माध्यमबाट बनाइएका उनका चित्रमा आध्यात्मिकता, स्थिर जीवन, यथार्थवादी, मुहारचित्र, न्यूड, फिगरेटिभ  भूदृश्य आदि  भाव  भेटिन्छन्। तामा, ढलोट, काँस माध्यमबाट मूर्तिमा  अमूर्त भाव पाइन्छ। नेपाली आधुनिक कलाका पिता लैनसिंह बाङ्देलबाट प्रशिक्षित उनी न्यू आर्ट सर्कलका संस्थापक अध्यक्ष र सोसाइटी अफ मोडर्न आर्टका कार्यकारी सदस्य पनि हुन्। चार पटक नेपाल इञ्जिनीयरिङ एशोसियशनको नेतृत्व गरेका राष्ट्रिय योजना आयोगका पूर्वसदस्य रिमालको ‘लुम्बिनी चक्र’ शीर्षक पुस्तक प्रकाशित छ भने ‘श्रीयन्त्र’ र आत्मजीवनी प्रकाशनोन्मुख छन्। 

रिमालले नेपालका महत्वपूर्ण सम्पदामध्ये शहीदढोका, नारायणहिटी दरबारको भूदृश्य वास्तुकला, मङ्गल सदन र नानीगञ्ज, नेपाल प्रज्ञा–प्रतिष्ठान, सोल्टी होटल, भरतपुरको दियालो बङ्गला, पशुपतिनाथको उन्मत्त भैरव, देवघाटको नर्मदेश्वर, हरिऔनको चतुर्भुजेश्वर मन्दिर, चन्द्रागिरिको भालेश्वर मन्दिर साथै सिङ्गापुरमा विष्णु मन्दिर, अमेरिकामा हिन्दू मन्दिर, हिँड्ने र खुट्टेघर, सिंहदरबारस्थित पहिलेको परराष्ट्र मन्त्रालय भवन, जनकपुर चुरोट कारखाना, जनकपुरस्थित रामानन्द चोकको ढोका, देवघाटको सन्न्यास आश्रम, नक्साल काठमाडौँको रेयुकाइ भवन, स्याङ्जाको गोरखास्मारकलगायत थुप्रै निजी भवनको समेत डिजाइन गरेका छन्।

नेपालको राष्ट्रिय झण्डाको स्तरीकरण गरी मापदण्ड उनले नै तयार गरेका हुन्। जुन नेपालको संविधान २०१९ देखि हालसम्म कायम नै छ। स्पेस म्यागाजिनको आयोजनामा हुने प्रदर्शनीको उद्घाटन वाङ्मय शताब्दी पुरुष जोशीले गर्नेछन्। प्रदर्शनी चार दिनसम्म चल्नेछ।





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad